१२ वर्ष देखि थलिएका दुर्गालाई अन्ततः ब्रेन ट्युमर ,उपचारका लागि आर्थिक सहयाेगकाे अपिल
रामेछाप – रामेछाप नगरपालिका ४ धारापानि घर भएका २६ वर्षिय दुर्गा लामगादे विरामी भएर थलिएकाे १२ बर्ष भयाे । अन्तत: उनलाई ब्रेन ट्युमर भएकाे डाक्टरले पुष्टि गरेका छन् ।
निम्न वर्गीय परिवारमा जन्मिएका दुर्गालाई सानै उमेरदेखि टाउकाे दुख्ने समस्या देखा परेकाे थियाे । उनलाई टाउकाे दुख्ने समस्या देखा परेसँगै विस्तारै हातगोडा नचल्ने भएकाे थियाे । अरुकाे साहारा बिना केही गर्न नसक्ने हुन थाले । अचानक दुर्गालाई यस्ताे समस्या देखा परेपछि परिवारका सदस्यहरुले दुर्गालाई लिएर धामीझाँक्रीकाेमा धाउन थाले । त्यसरी धामीझाँक्रीकाेमा उपचार गराउने क्रममा लामै समय खर्चिए । यसरी उपचार गराउदा बिरामीमा सुधार नभए पछि परिवारले घरमै राखेर हेरचाह गरिरहेका थिए । समस्या झन भन्दा झन् बढिरह्याे आर्थिक अवस्था कमजाेर भएकै कारण सामान्य अस्पतालमा चेकजाँच गराए । समस्या पत्ता लागेन ।
यसरी दिनानुदिन दयनीय बन्दै गएकाे उनकाे स्वास्थ्य अवस्था देखेर परिवारले केही दिन अघिमात्र काठमाडौंमा परिक्षण गराउन लगे । उनकाे परिक्षण पछि डाक्टरले ब्रेन ट्युमर भएकाे र यथासक्य अप्रेसन गर्नुपर्ने बताएकाे छ ।
आर्थिक अवस्था कमजाेर भएकै कारण १२ बर्षदेखि थलिएका दुर्गाकाे अहिले ब्रेन ट्युमरकाे अप्रेसन गर्नुपर्ने भएकाे छ । दुर्गाकाे अप्रेसन गर्न उनकाे परिवार यतिबेला सहयाेगि मनहरुसँग हात जाडेर आर्थिक सहयाेग अपिल गरिरहेका छन्
बिरामीका भाइ ज्ञानु लामगादेले सहयाेगका लागि माेवाइल नम्बर 9844415899 मा सम्पर्क गर्न लक्ष्मी सनराइज बैंककाे पुल्चोक शाखामा रहेकाे खाता नम्बर: 00720256970 मा रकम जम्मा गरिदिन अनुराेध गरेका छन् ।
हाल बिरामीको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भैरहेकाे भाइ ज्ञानुले बताए । उनकाे परिवारमा आमा, भाइ बहिनि ,श्रीमती र डेढ वर्षकी एक छाेरी छन् ।
क्याटेगोरी : समाज, स्वास्थ्य
ताजा अपडेट
- १ डब्लुडब्लुजेकाे अध्यक्षमा खड्का
- २ दाेरम्बाकाे पहिराे पिडित भेट्न पुगे उर्जा राज्यमन्त्री तामाङ , जाेखिममा रहेकाे बस्ति हटाउन निर्देशन
- ३ पहिराे अपडेट : १८ महिने बालक सहित ६ जनाकाे शव फेला १ जना घाइते बाकीकाे खाेजतलास हुँदै
- ४ दाेरम्बा शैलुङ्मकाे लेखर्कमा गएकाे पहिराेमा परि २ काे मृत्यु ८ बेपत्ता
- ५ फ्रिजकाे कम्प्रेशर चाेरी गर्ने मन्थलीकाे खड्का पक्राउ
- ६ मैले नगरे कस्ले गर्छ रामेछापकाे विकास : आर्थमन्त्री काफ्ले
- ७ बफरे खाेलाले बगाएर एक महिलाको मृत्यु
- ८ मन्थलीमा चाेरीकाे घटना बढेसँगै प्रहरीकाे निगरानी पनि बढ्याे
प्रतिक्रिया दिनुहोस