आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
आगामी फाल्गुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने बताएको छ।
बिहीबार आयाेगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन तथा दर्ता गर्न पाइने जानकारी दिएका छन् ।
निर्वाचनको मिति घोषणा भएपछि स्थगित भएको मतदाता नामावली संकलन कार्य आयोगको निर्णय अनुसार कात्तिक ३० गतेसम्म पुन: सञ्चालन गर्न लागेकाे विज्ञप्तिमा उल्लेख छ।
निर्वाचन आयाेगले मतदाता नामावली नाम दर्ता नभएकाे १६ वर्ष उमेर पूरा भएका नेपालीले मतदाता नामावलीमा नाम दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय तथा प्रदेश निर्वाचन कार्यालयमा बिहान ८ बजेदेखि ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालयहरुमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगको वेबसाइटमा प्रि-रजिस्ट्रेशन प्रणालीबाट आवेदन भरेर बायोमेट्रिक विवरणका लागि कार्यालय जानुपर्ने भनिएको छ।
सरकारले फागुन २१ गते निर्वाचनकाे मिति घोषणा गरेको छ । निर्वाचन घोषणापछि मतदाता नामावलीमा नाम दर्ता गर्ने काम रोकिने व्यवस्था छ । त्यसो भएपछि सरकारले अध्यादेश ल्याएर उक्त प्रावधान संशोधन भएसँगै आयोगले नाम दर्ता गर्न मिल्ने व्यवस्था गरेको हो।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस