संविधान दिवसमा रामेछापमा विविध कार्यक्रम
रामेछाप – रामेछाप जिल्लामा संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
विक्रम संम्वत २०७२ असाेज ३ गते नेपालकाे संविधान घाेषणा भएकाे दिनकाे अवसरमा संविधान दिवस मनाइने गरिएकाे छ । उक्त अवसरमा रामेछापमा भने विभिन्न कार्यक्रमहरु गरिएकाे छ ।
जिल्ला समन्वय समितिकाे आयाेजनामा सद्भाव र्याली, अन्तरक्रिया तथा मन्थलीका सम्पुर्ण अस्पतालमा उपचारत बिरामीलाई फलफुल वितरण र साझमा दिप प्रज्वलन
गरिएकाे छ ।
त्यस्तै नेपाली कांग्रेस ,नेकपा एमाले लगाएत राजनिती दलहरुले सद्भाव र्याली तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे दिवस मनाएकाे छ । त्यस्तै नेपाल विद्यार्थी संघले पनि मन्थलीकाे विपिचाेक स्थित दिप प्रज्वलन गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले नेपालकाे संविधान संसारकै उत्कृष्ट संविधान रहेकाे उल्लेख गरे । नेपालीहरुकाे ठुलाे याेगदान, संघर्ष र त्यागबाट प्राप्त गरेकाे स्मरण गर्दै संविधान रक्षा गर्नु सबैकाे दायित्व भएकाे बताए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस