• काेसिस न्यूज
  • अशक्त र असहायलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न प्रशासनकाे अनुरोध


    रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले सुचना जारी गर्दै असहाय र अशक्तहरुका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न अनुराेध गरेकाे छ ।

    सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकहरुले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाे भन्दै परिचयपत्र बनाउन प्रशासनमा असहाय,अशक्त ,अपांग ,बालबालिका र जेष्ठ नागरिकहरु आउने गरेकाे पाइएपछि प्रशासनले सुचना जारी गर्दै सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न अनुराेध गरेकाे हाे ।

    यसरी जिल्ला प्रशासन कार्यालय सम्म आउन नसक्ने नागरिकहरुलाई राष्ट्रिय परिचयपत्रका लागि अनावश्यक दु:ख नदिन सम्बन्धित निकाएलाई रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अनुराेध गरेेका छन् ।

    राष्ट्र बैंककाे परिपत्र बमोजिम राष्ट्रिय परिचयपत्र नभएका नागरिकको अन्य आवस्यक कागजात संलग्न गरेर खाता खाेल्न स्थानिय बैंकहरुलाई परिपत्र गरेर निर्देशन समेत दिएकाे प्रजिअ थापाले जानकारी दिए ।

    त्यसैगरी राष्ट्रिय परिचयपत्र बनाउनका लागि सबै स्थानीय तहमा नै व्यवस्था मिलाउन गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यसअघि सबै स्थानीय तहलाई परिपत्र गरिसकेकाे हुदा साेही बमोजिम काम गर्न गराउन स्थानिय तहलाई प्रजिअ थापाले आग्रह गरेका छन् ।


    क्याटेगोरी : विविध, समाचार

    प्रतिक्रिया दिनुहोस