पालिका स्तरबाटै परिचयपत्र वितरण गर्दै, जिल्ला प्रशासन रामेछाप
रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापले पालिका स्तरमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरेकाे छ । बुधबार जिल्लाकाे सुनापनि ५ मा पुगेर परिचयपत्र वितरण सुरु गरेकाे हाे ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाकाे नेतृत्वमा जिल्ला प्रशासनकाे टाेली वडामा पुगेर यस अघि तयार भएकाे डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरेका छन् । राष्ट्रिय परिचयपत्र बनाउन छुटेकाको अफलाईन फाेटाे खिच्ने काम समेत सुरू गरिएकाे छ ।
आगामी २ महिनाभित्र जिल्लाका सबै पालिकाहरुमा पुगेर राष्ट्रिय परिचयपत्र वितरण तथा छुटेकाहरुकाे अफलाईन फाेटाे खिच्ने काम सक्ने गरि अभियान सुरु गरिएकाे प्रजिअ थापाले जानकारी दिए ।
उक्त अभियानका क्रममा १७ हजार परिचयपत्र वितरण गर्ने लक्ष्य लिइएकाे छ । बनिसकेकाकाे परिचयपत्र सेवाग्राही समयमै लिन आउने नगरेकाे हुदा पालिका स्तरमै पुगेर वितरण गर्दा सेवाग्राही कार्यालय सम्म आउन नपर्ने र बनाउन बाकीहरुकाे पनि वडामै अफलाईन फाेटाे खिचेर ल्याउने हुदा सेवाग्राहीलाई सहज हुने विस्वास लिइएकाे प्रजिअ थापाकाे भनाइ छ ।
प्रशासनले आफ्नाे सेवा नागरिकमैत्री तथा उत्तरदायी बनाउन विभिन्न प्रयासहरु गरिरहेका छ । यसअघि सेवाग्राहीकाे गुनासाे तथा उजुरी लिनका लागि क्यू आर काेण सार्वजनिक गरेकाे छ भने यस आर्थिक वर्ष सुरु भएकाे दिन साउन १ गतेदेखि कार्यालयमा विद्युतीय टाेकन प्रणाली संचालनमा ल्याएकाे । त्यस्तै अशक्त सेवाग्राहीका लागि ह्यूलचियरकाे समेत व्यवस्था मिलाएकाे छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस