पालिका स्तरबाटै परिचयपत्र वितरण गर्दै, जिल्ला प्रशासन रामेछाप
रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापले पालिका स्तरमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरेकाे छ । बुधबार जिल्लाकाे सुनापनि ५ मा पुगेर परिचयपत्र वितरण सुरु गरेकाे हाे ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाकाे नेतृत्वमा जिल्ला प्रशासनकाे टाेली वडामा पुगेर यस अघि तयार भएकाे डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरेका छन् । राष्ट्रिय परिचयपत्र बनाउन छुटेकाको अफलाईन फाेटाे खिच्ने काम समेत सुरू गरिएकाे छ ।
आगामी २ महिनाभित्र जिल्लाका सबै पालिकाहरुमा पुगेर राष्ट्रिय परिचयपत्र वितरण तथा छुटेकाहरुकाे अफलाईन फाेटाे खिच्ने काम सक्ने गरि अभियान सुरु गरिएकाे प्रजिअ थापाले जानकारी दिए ।
उक्त अभियानका क्रममा १७ हजार परिचयपत्र वितरण गर्ने लक्ष्य लिइएकाे छ । बनिसकेकाकाे परिचयपत्र सेवाग्राही समयमै लिन आउने नगरेकाे हुदा पालिका स्तरमै पुगेर वितरण गर्दा सेवाग्राही कार्यालय सम्म आउन नपर्ने र बनाउन बाकीहरुकाे पनि वडामै अफलाईन फाेटाे खिचेर ल्याउने हुदा सेवाग्राहीलाई सहज हुने विस्वास लिइएकाे प्रजिअ थापाकाे भनाइ छ ।
प्रशासनले आफ्नाे सेवा नागरिकमैत्री तथा उत्तरदायी बनाउन विभिन्न प्रयासहरु गरिरहेका छ । यसअघि सेवाग्राहीकाे गुनासाे तथा उजुरी लिनका लागि क्यू आर काेण सार्वजनिक गरेकाे छ भने यस आर्थिक वर्ष सुरु भएकाे दिन साउन १ गतेदेखि कार्यालयमा विद्युतीय टाेकन प्रणाली संचालनमा ल्याएकाे । त्यस्तै अशक्त सेवाग्राहीका लागि ह्यूलचियरकाे समेत व्यवस्था मिलाएकाे छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस