अवरुद्ध बिपी राजमार्ग संचालन
अविरल वर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न स्थानमा अवरुद्ध भएको बिपी राजमार्ग खुलेकाे छ राजमार्गका विभिन्न ८ ठाउँमा आएको बाढी र पहिरो हटाएर सडक सञ्चालन हाे ।
इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार ले सोमबार राति आएको वर्षाका कारण रोशी ९ पिन्थलीबेशी, मंगलटार बिरुवाडाँडामा रहेको फेदीखेला र साङखोला, रोशी-११ कालढुंगा, राेशीकै ११ र १२ को सिमानाको माम्ती खोलामा आएको लेदो हटाएर सडक सञ्चालन गरिएको हो ।
राजमार्ग सोमबार राति ८ बजेदेखि अवरुद्ध भएको थियो । दैनिकै जसो सडक अवरुद्ध हुन थालेपछि यात्रुले सास्ती भोगेका छन् । यसअघि पनि बीपी राजमार्ग अन्तर्गत विभिन्न ठाउँमा सडक अवरुद्ध भइरहेको छ ।
सडक संचालनमा आएपनि गएराति देखिकाे सवारी साधानहरु हाेल्डमा भएकाले लाम जाम रहेकाे छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस