अवरुद्ध बिपी राजमार्ग संचालन
अविरल वर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न स्थानमा अवरुद्ध भएको बिपी राजमार्ग खुलेकाे छ राजमार्गका विभिन्न ८ ठाउँमा आएको बाढी र पहिरो हटाएर सडक सञ्चालन हाे ।
इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार ले सोमबार राति आएको वर्षाका कारण रोशी ९ पिन्थलीबेशी, मंगलटार बिरुवाडाँडामा रहेको फेदीखेला र साङखोला, रोशी-११ कालढुंगा, राेशीकै ११ र १२ को सिमानाको माम्ती खोलामा आएको लेदो हटाएर सडक सञ्चालन गरिएको हो ।
राजमार्ग सोमबार राति ८ बजेदेखि अवरुद्ध भएको थियो । दैनिकै जसो सडक अवरुद्ध हुन थालेपछि यात्रुले सास्ती भोगेका छन् । यसअघि पनि बीपी राजमार्ग अन्तर्गत विभिन्न ठाउँमा सडक अवरुद्ध भइरहेको छ ।
सडक संचालनमा आएपनि गएराति देखिकाे सवारी साधानहरु हाेल्डमा भएकाले लाम जाम रहेकाे छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस