• काेसिस न्यूज
  • खुर्काेटकाे पुलमा निगरानी बढाइने,


    रामेछाप – रामेछाप र सिन्धुली जाेड्ने खुर्काेटकाे पुलमा निगरानी बढाइने भएकाे छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले लाेड गाडी र गाडीकाे गतिलाई ध्यानमा राखेर थप निगरानी गरिने बताए ।

    बुधबार पुल निरिक्षणमा पुगेका प्रजिअ थापाले पुलमा समस्या आउन नदिन र हुन सक्ने क्षति राेक्नका लागि पुलकाे भारवहन क्षमता भन्दा बढिकाे सवारीसाधनलाई राेक लगाउने ,एक पटकमा एकतर्फी मात्र सवारी संचालन गर्ने र गतिमा नियन्त्रण गर्ने बताए ।

    बुधबार रामेछापका प्रजिअ थापाकाे नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु खुर्काेट पुलकाे स्थलगत निरिक्षण पुगेका थिए । निरिक्षणका क्रममा केही मात्रामा पुल लच्किएकाे र पुल निर्माणमा प्रयाेग भएका नटबाेलहरु खुकुलाे भएकाे पाइएकाे प्रजिअ थापाले बताए । पुल लच्किनु र नटबाेल खुकुलाे हुनुमा सवारीसाधनकाे तिव्र गति, क्षमता भन्दा बढीकाे सवारीसाधन आवतजावत र बढ्दाे तापक्रम हुन सक्ने भएकाले निगरानी बढाउनु पर्ने देखिएकाे प्रजिअ थापाकाे भनाइ छ ।

    तत्काललाई प्राविधिक रुपमा भने पुलमा कुनैपनि समस्या नभएकाे सुपरभाइजर कविराज देवकोटाले बताए । उनका अनुसार पुल निर्माणमा प्रयाेग भएका नटबाेल पत्ताहरु सामान्यतया ठाउँ सरेका कारणले खुलुकाे हुन पुगेकाे र नटबाेल निरन्तर रुपमा हरेक महिना कस्ने कार्य भइरहेको छ ।
    उक्त पुल २०८१ असाेजमा आएकाे बाढीले रामेछाप तर्फकाे पुल बगाएपछि नेपाल आर्मीले बेलिब्रिज जडान गरेर तयार गरिएकाे हाे ।


    क्याटेगोरी : विविध, समाचार

    प्रतिक्रिया दिनुहोस