खुर्काेटकाे पुलमा निगरानी बढाइने,
रामेछाप – रामेछाप र सिन्धुली जाेड्ने खुर्काेटकाे पुलमा निगरानी बढाइने भएकाे छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले लाेड गाडी र गाडीकाे गतिलाई ध्यानमा राखेर थप निगरानी गरिने बताए ।
बुधबार पुल निरिक्षणमा पुगेका प्रजिअ थापाले पुलमा समस्या आउन नदिन र हुन सक्ने क्षति राेक्नका लागि पुलकाे भारवहन क्षमता भन्दा बढिकाे सवारीसाधनलाई राेक लगाउने ,एक पटकमा एकतर्फी मात्र सवारी संचालन गर्ने र गतिमा नियन्त्रण गर्ने बताए ।

बुधबार रामेछापका प्रजिअ थापाकाे नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु खुर्काेट पुलकाे स्थलगत निरिक्षण पुगेका थिए । निरिक्षणका क्रममा केही मात्रामा पुल लच्किएकाे र पुल निर्माणमा प्रयाेग भएका नटबाेलहरु खुकुलाे भएकाे पाइएकाे प्रजिअ थापाले बताए । पुल लच्किनु र नटबाेल खुकुलाे हुनुमा सवारीसाधनकाे तिव्र गति, क्षमता भन्दा बढीकाे सवारीसाधन आवतजावत र बढ्दाे तापक्रम हुन सक्ने भएकाले निगरानी बढाउनु पर्ने देखिएकाे प्रजिअ थापाकाे भनाइ छ ।
तत्काललाई प्राविधिक रुपमा भने पुलमा कुनैपनि समस्या नभएकाे सुपरभाइजर कविराज देवकोटाले बताए । उनका अनुसार पुल निर्माणमा प्रयाेग भएका नटबाेल पत्ताहरु सामान्यतया ठाउँ सरेका कारणले खुलुकाे हुन पुगेकाे र नटबाेल निरन्तर रुपमा हरेक महिना कस्ने कार्य भइरहेको छ ।
उक्त पुल २०८१ असाेजमा आएकाे बाढीले रामेछाप तर्फकाे पुल बगाएपछि नेपाल आर्मीले बेलिब्रिज जडान गरेर तयार गरिएकाे हाे ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस