जोखिम भएको क्षेत्रमा राती गाडी नचलाउने, मौसम सम्बन्धि सुचना प्रभाकवकारी बनाइने
काठमाडौं – राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले विपद् जोखिमलाई जाेखिम भएकाे क्षेत्रमा रातिमा गाडी नचाउन र मौसम पूर्वानुमानकाे पूर्वसूचनालाई प्रभावकारी बनाउन आवश्यक शतर्कता अपनाउनुपर्ने निर्णय गरेकाे छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आइतबार शहरी विकास मन्त्रालयमा बसेको परिषद्को बैठकले केही दिन यता देशका धेरै स्थानमा अविरल वर्षा भइरहेको हुदा सम्भावित जोखिमलाई ध्यान दिँदै यस्तो निर्णय गरेको हो ।
परिषद्को बैठकले जोखिम भएको ठाउँमा रातको समयमा सवारी साधन नचलाउने, भारी वर्षा भएको समय र त्यस क्षेत्रमा सुरक्षित रहन स्थानीयवासीलाई सूचना प्रवाह गर्ने, सुचना प्रवाहका लागि स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम सम्बन्धि बुलेटिन तथा सूचना प्रशारण गर्ने व्यवस्था मिलाउने निर्णय गरेकाे छ भने विपद् प्रभावितलाई तत्काल उद्वार गर्ने समेत व्यवस्था मिलाउने निर्णय भएको छ ।
कार्यवाहक प्रधानमन्त्री सिंहले वर्षाको समयमा नागरिकको जीवन रक्षाका लागि आवश्यक पूर्वतयारीमा कुनै कमी नगर्न आग्रह गर्दै सरोकारवाला निकायलाई उच्च शतर्कता अपनाउनुपर्नेमा जोड दिए । मौसम पूर्वानुमानपछिको पूर्वसूचना प्रभावकारी बनाउन सके विपद्बाट हुन सक्ने क्षति रोक्न सकिने भएकाले पूर्वसूचना प्रभावकारी बनाउने र त्यसलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड बताए।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस