टाेकरपुरमा पहिराे जादा गाेठ पुरियाे , ५ घर जाेखिममा
रामेछाप – दाेरम्बा सैलुङ् गाउँपालिका ३ टाेकरपुरकाे चाइना खाेलामा गएराति आएकाे पहिराेले एक गाेठ पूरिएकाे छ । ५ घर जाेखिममा परेकाे छ ।
पहिराेले चेली बसेलकाे गाेठ पुर्दा गाेठ भित्र रहेकाे दुई वटा गाई पुरिएकाे र गाेठमा पुर्णरुपमा क्षति पुगेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ । त्यसैगरी पहिराेकाे जाेखिममा परेका झगडसिंङ बसेलकाे परिवारलाई उनकाे भाइ हरिकृष्ण बसेलकाे घरमा स्थानतरण गरिएकाे छ ।
यसैगरी उक्त पहिराेकाे जाेखिममा रहेकाे ५ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानतरणका लागि पहल गरिरहेकाे पालिकाकी उपाध्यक्ष खमला मगरले जानकारी दिईन् ।
पहिलाेले पुरिएकाे पशु चाैपाएकाे उत्खनन् तथा जाेखिममा परेकाहरुकाे स्थानतरणका लागि खड्गदल गण र नेपाल प्रहरीले संयुक्त रुपमा प्रयास गरिरहेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भाेला कुमार भट्टले जानकारी दिए ।
वर्षाका कारण बाढी पहिराेकाे जाेखिम बढेकाले सबैलाइ सतर्कता अपनाउन र सजक भएर बस्न प्रहरी प्रमुख भट्टले अनुराेध समेत गरेका छन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस