बिपी राजमार्गमा रातकाे समयमा सवारी संचालनमा राेक लगाइने
रामेछाप – बिपी राजमार्गमा १५ दिनसम्म राति सवारी संचालनमा रोक लगाउने निर्णय भएको छ । शुक्रबार काभ्रे, सिन्धुली र रामेछाप तीन जिल्लाका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
बिपी राजमार्गमा साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म मालवाहक बाहेक अन्य सवारी साधनलाई चल्न नदिने निर्णय भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्याकृष्ण थापाले जानकारी दिए ।
बिपी राजमार्ग अन्तर्रगत काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटखण्ड सम्म जोखिम बढी भएकाले सवारी साधन संचालनमा रोक लगाइएको हो ।
उनका अनुसार काठमाडौंबाट आउने सवारीसाधन काभ्रे भञ्ज्याङमा रोकिने र काठमाडौं जाने सवारीसाधन सिन्धुलीको खुर्कोटमा राकिने निर्णय भएको छ ।
बर्खाको पानीले सडक जताजतै बगाएको र यात्रा जोखिम हुने भएकाले उक्त निर्णय गरेकाे रामेछापका प्रजिअ थापाले जानकारी दिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस