• काेसिस न्यूज
  • बिपी राजमार्गमा रातकाे समयमा सवारी संचालनमा राेक लगाइने


    रामेछाप – बिपी राजमार्गमा १५ दिनसम्म राति सवारी संचालनमा रोक लगाउने निर्णय भएको छ । शुक्रबार काभ्रे, सिन्धुली र रामेछाप तीन जिल्लाका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

    बिपी राजमार्गमा साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म मालवाहक बाहेक अन्य सवारी साधनलाई चल्न नदिने निर्णय भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्याकृष्ण थापाले जानकारी दिए ।

    बिपी राजमार्ग अन्तर्रगत काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटखण्ड सम्म जोखिम बढी भएकाले सवारी साधन संचालनमा रोक लगाइएको हो ।

    उनका अनुसार काठमाडौंबाट आउने सवारीसाधन काभ्रे भञ्ज्याङमा रोकिने र काठमाडौं जाने सवारीसाधन सिन्धुलीको खुर्कोटमा राकिने निर्णय भएको छ ।

    बर्खाको पानीले सडक जताजतै बगाएको र यात्रा जोखिम हुने भएकाले उक्त निर्णय गरेकाे रामेछापका प्रजिअ थापाले जानकारी दिए ।


    क्याटेगोरी : विविध, समाचार

    प्रतिक्रिया दिनुहोस