वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
रामेछाप – बैदेशिक राेजगारीका क्रममा विभिन्न निकायबाट ठगिमा परेका व्यक्तिकाे ५१ लाख ३६ हजार रकम सामीकाे पहलमा पिडिले पाएका छन् ।
सुरक्षीत आप्रवासन (सामी) कार्यक्रमकाे सहजीकरणमा रामेछाप जिल्लाबाट राेजगारीकाे सिलसिलामा विभिन्न देशमा गएका, राेजगारीकै क्रममा विदेशमा मृत्यु भएका , दुर्घटनामा परेका, विरामी भएका तथा जाने प्रक्रियामा ठगिमा परेकाे गरि ७ जनाले ५१ लाख ३६ हजार सामीकाे पहलमा भुक्तानी पाएका छन् ।
सामीले बिहीबार मन्थलीमा आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा सामीका जिल्ला संयाेजक दिपक केसीले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् । उनका अनुसार आर्थिक वर्ष २०८१ साउनदेखी चैत्र सम्मकाे ६ हजार ७६ जनाले विभिन्न देशमा राेजगारीका लागि गएका छन् वैदेशिक रोजगारमा जानेहरूमध्ये ४ हजार ७ सय २० जना पुरुष र १ हजार ३ सय ५६ जना महिला रहेका छन् ।
भने अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा रामेछापका ७ हजार ४ सय ३१ जनाले श्रम स्वीकृति लिएका थिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस