वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
रामेछाप – बैदेशिक राेजगारीका क्रममा विभिन्न निकायबाट ठगिमा परेका व्यक्तिकाे ५१ लाख ३६ हजार रकम सामीकाे पहलमा पिडिले पाएका छन् ।
सुरक्षीत आप्रवासन (सामी) कार्यक्रमकाे सहजीकरणमा रामेछाप जिल्लाबाट राेजगारीकाे सिलसिलामा विभिन्न देशमा गएका, राेजगारीकै क्रममा विदेशमा मृत्यु भएका , दुर्घटनामा परेका, विरामी भएका तथा जाने प्रक्रियामा ठगिमा परेकाे गरि ७ जनाले ५१ लाख ३६ हजार सामीकाे पहलमा भुक्तानी पाएका छन् ।
सामीले बिहीबार मन्थलीमा आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा सामीका जिल्ला संयाेजक दिपक केसीले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् । उनका अनुसार आर्थिक वर्ष २०८१ साउनदेखी चैत्र सम्मकाे ६ हजार ७६ जनाले विभिन्न देशमा राेजगारीका लागि गएका छन् वैदेशिक रोजगारमा जानेहरूमध्ये ४ हजार ७ सय २० जना पुरुष र १ हजार ३ सय ५६ जना महिला रहेका छन् ।
भने अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा रामेछापका ७ हजार ४ सय ३१ जनाले श्रम स्वीकृति लिएका थिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस