विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
रामेछाप – श्री खड्गदल गण तथा जिल्ला विपद व्यवस्थापन समितीकाे संयुक्त आयाेजनामा विपदकाे पूर्व तयारीकाे सन्दर्भमा विपदका समयमा गरिने उद्वारकाे अभ्यास प्रदर्शन गरिएको छ ।
बुधबार रामेछाप सदरमुकाम मन्थलीकाे आकासे पुलमुनी तामाकोसीमा नदीमा विपदका बेलामा उद्वार गरिने उद्वारका केही अंशहरु अभ्यास गरेर प्रदर्शन गरिएकाे थियाे ।
बर्षाकाे समय नजिकिए सँगै आइपर्न सक्ने विपदका घटनालाई मध्यनजर गर्दै त्यस्ताे समयमा गरिने उद्वार कार्य लाई पूर्व अभ्यासका रुपमा प्रस्तुत गरेर आम नागरिकमा सचेतना तथा सचेतिकरण गरिएकाे विपद व्यवस्थापन समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी श्याकृष्ण थापाले जानकारी दिए ।

बर्षादकाे समयका कुनबेला कस्ताे विपत्ति आइलाग्छ भन्ने कुुराकाे कुनै सुनिश्चितता नहुने भएकाले विपद पुर्व नै तयारी अवस्था रहनु पर्ने भएकाले उक्त अभ्यासद्वारा विपद पूर्वकाे तयारी तथा विपदका बेला गरिने उद्वारकाे अभ्यास प्रदर्शन गरिएकाे प्रजिअ थापाले बताए ।
पुर्व अभ्यास प्रदर्शन नेपाल आर्मी , सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्तरुपमा प्रस्तुत गरेका थिए ।

क्याटेगोरी : विविध
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस