विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
रामेछाप – श्री खड्गदल गण तथा जिल्ला विपद व्यवस्थापन समितीकाे संयुक्त आयाेजनामा विपदकाे पूर्व तयारीकाे सन्दर्भमा विपदका समयमा गरिने उद्वारकाे अभ्यास प्रदर्शन गरिएको छ ।
बुधबार रामेछाप सदरमुकाम मन्थलीकाे आकासे पुलमुनी तामाकोसीमा नदीमा विपदका बेलामा उद्वार गरिने उद्वारका केही अंशहरु अभ्यास गरेर प्रदर्शन गरिएकाे थियाे ।
बर्षाकाे समय नजिकिए सँगै आइपर्न सक्ने विपदका घटनालाई मध्यनजर गर्दै त्यस्ताे समयमा गरिने उद्वार कार्य लाई पूर्व अभ्यासका रुपमा प्रस्तुत गरेर आम नागरिकमा सचेतना तथा सचेतिकरण गरिएकाे विपद व्यवस्थापन समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी श्याकृष्ण थापाले जानकारी दिए ।

बर्षादकाे समयका कुनबेला कस्ताे विपत्ति आइलाग्छ भन्ने कुुराकाे कुनै सुनिश्चितता नहुने भएकाले विपद पुर्व नै तयारी अवस्था रहनु पर्ने भएकाले उक्त अभ्यासद्वारा विपद पूर्वकाे तयारी तथा विपदका बेला गरिने उद्वारकाे अभ्यास प्रदर्शन गरिएकाे प्रजिअ थापाले बताए ।
पुर्व अभ्यास प्रदर्शन नेपाल आर्मी , सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्तरुपमा प्रस्तुत गरेका थिए ।

क्याटेगोरी : विविध
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस