टेलिकमकाे प्रबन्ध निर्देशक पहाडी सहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा लागेकाे छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले आइतबार पहाडी सहित १८ जना विरुद्ध बिशेश अदालतमा मुद्दा दर्ता गरेकाे हाे ।
अख्तियार दूरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकममा बिलिङ प्रणाली मर्मत सम्भारका नाममा भ्रष्टाचार भएको ठहर गर्दै निर्देशक पहाडी सहित १८ जनाविरूद्ध ३३ करोड बिगो दाबीसहित विषेश अदालतमा मुद्दा दायर गरेको छ । आयोगले टेलिकमकी प्रबन्ध निर्देशक पहाडी अर्याल र पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल सहितलाई प्रतिवादी बनाएको छ ।
मुद्दा दायर गरिएका अन्यमा टेलिकममा तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य, प्रमुख वित्तिय अधिकृत राजेन्द्र श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, निर्देशक विनिता श्रेष्ठ, तत्कालीन निमित्त निर्देशक अमुल प्रधान, तत्कालीन प्रबन्धक देवेन्द्र खतिवडा, तत्कालीन उपप्रबन्धकहरू राजीवकुमार केसी, सन्तोषकुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा रामप्रताप कर्ण र परमात्मा भट्टराईसहित छन ।
आरोपीहरूविरूद्ध ३३ करोडको बिगो मागदावी गरिएको छ । नेपाल टेलिकममा बिलिङ प्रणाली पुरानो हुँदा फोन नलाग्ने, लागे पनि काटिने लगायतका समस्या भएपछि नयाँ प्रणाली जडान गर्नुपर्ने निर्णय भएको थियो । तर प्रबन्ध निर्देशकसहितको मिलेमतोमा पुरानै प्रणाली जडान गरेको एसिया इन्फो कम्पनीलाई मर्मत सम्भारको जिम्मोवारी दिएको थियो ।
हरेक वर्ष ६५ करोड दिने भन्दै टेलिकमले मर्मतका लागि विना प्रतिस्पर्धा एसिया इन्फोलाई जिम्मा लगाइएको थियो । नयाँ प्रणाली जडानका लागि टेण्डर प्रक्रियासमेत अगाडि बढिसकेको अवस्थामा सुनील पौडेल प्रबन्ध निर्देशक बनेर आएपछि टेण्डर नै रोकिएको थियो । पुरानै विलिङ प्रणाली मर्मतका नाममा टेलिकमको रकम चुहावट भएको र त्यसवाट ३३ करोड नोक्सानी भएको दाबी अख्तियारले गरेको छ ।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस