वातावरण प्रवर्द्धन पत्रकारीताबाट पत्रकार न्याैपाने पुरस्कृत
काठमाडौ – वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले वातावरण प्रवर्द्धन पत्रकारिताबाट पत्रकार बिस्नुप्रसाद न्यौपाने पुरस्कृत भएका छन । कर्णाली प्रदेशबाट पत्रकारिता गर्दै आएका न्यौपाने वातावरण प्रवर्द्धन पत्रकारीता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
पत्रकारिताकाे माध्यमबाट वातावरणको क्षेत्रमा योगदान पुर्याएको भन्दै न्यौपाने पत्रपत्रिका विधाबाट उक्त पुरस्कारका लागि देशैभरीबाट छनोट भएका हुन् । उनीसँगै टेलिभिजन विधाबाट सरिता चलाउने, अनलाइन विधाबाट नुमा थाम्सुहाङ र रेडियो विधाबाट दाङका ओपेन्द्र बस्नेत पुरस्कृत भएका छन्।
चारै जना पत्रकारलाई बिहीबार काठमाडौंमा विश्व वातावरण दिवसका अवसरमा आयोजित समारोहमा संघिय सरकारका वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मा र संघीय सरकारका मुख्यसचिव एकनाराण अर्यालले ४० हजार नगर सहित तथा प्रमाणपत्र सहित पुरस्कृत गरेका हाे ।
वातावरण विभागले आर्थिक वर्ष २०७९÷०८० देखि हरेक वर्ष वातावरण प्रबर्द्धन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष विभागले वातावरण निरीक्षक नविना महर्जन, गोविन्द लामिछाने र प्रकाश केसीलाई पनि सम्मान गरेको छ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस