वातावरण प्रवर्द्धन पत्रकारीताबाट पत्रकार न्याैपाने पुरस्कृत
काठमाडौ – वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले वातावरण प्रवर्द्धन पत्रकारिताबाट पत्रकार बिस्नुप्रसाद न्यौपाने पुरस्कृत भएका छन । कर्णाली प्रदेशबाट पत्रकारिता गर्दै आएका न्यौपाने वातावरण प्रवर्द्धन पत्रकारीता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
पत्रकारिताकाे माध्यमबाट वातावरणको क्षेत्रमा योगदान पुर्याएको भन्दै न्यौपाने पत्रपत्रिका विधाबाट उक्त पुरस्कारका लागि देशैभरीबाट छनोट भएका हुन् । उनीसँगै टेलिभिजन विधाबाट सरिता चलाउने, अनलाइन विधाबाट नुमा थाम्सुहाङ र रेडियो विधाबाट दाङका ओपेन्द्र बस्नेत पुरस्कृत भएका छन्।
चारै जना पत्रकारलाई बिहीबार काठमाडौंमा विश्व वातावरण दिवसका अवसरमा आयोजित समारोहमा संघिय सरकारका वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मा र संघीय सरकारका मुख्यसचिव एकनाराण अर्यालले ४० हजार नगर सहित तथा प्रमाणपत्र सहित पुरस्कृत गरेका हाे ।
वातावरण विभागले आर्थिक वर्ष २०७९÷०८० देखि हरेक वर्ष वातावरण प्रबर्द्धन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष विभागले वातावरण निरीक्षक नविना महर्जन, गोविन्द लामिछाने र प्रकाश केसीलाई पनि सम्मान गरेको छ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस