जिल्ला प्रशासन कार्यालय प्रवेश गर्ने अपांगका लागि उद्योग वाणिज्यद्धारा ह्यूलचियर प्रदान
रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापमा आउने अपांगता भएका सेवाग्राहीलाइ कार्यालय प्रवेश गर्न सहज बनाउन उद्योग बाणिज्यले ह्यूलचियर प्रदान गरेको छ । बुधबार संघले उक्त ह्यूलचियर प्रमुख जिल्ल्ला अधिकारीलाइ श्यामकृष्ण थापालाई हस्तानतरण गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा विभिन्न कामका लागि आउने अपांगता भएका व्यक्तिलाइ कार्यालय प्रवेशमा सहज होस भन्ने हेतुले संंघले प्रशासन कार्यालयलाई ह्यूलचियर प्रदान गरेको संघका अध्यक्ष नविन थापा मगरले बताए ।
जिल्ला प्रशासन कार्यालय प्रवेशका लागि अपांंगमैत्री बाटो बनाइएको भइपनि ह्यूलचियर नभएर कार्यालय प्रवेश गर्न समस्या हुने गरेको हुदा संघले सामाजिक उत्तरदायित्व अन्तरगत उक्त ह्यूलचियर हस्तानतरण गरेको हो ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस