प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
प्रणवानन्द आश्रमले बालबालिकालाई पुर्ण रुपमा नि:शुल्क अध्यापन गराइ रहकाे छ । सनातन आर्दश तथा बालाबालिकामा नैतिक तथा अध्यात्मिक भावनामा जागरुकता ल्याउन यस आश्रमको स्थापना २०५३ सालमा भएको हो ।
न्युन आय तथा विपन्न वर्गका बालबालिकालाई होस्टेलको समेत सुबिधा दिई आश्रमले पुर्ण रुपमा नि:शुल्क अध्ययन गराएको छ । साथै सोही आश्रममा अध्ययन गरेका १५ जना बिद्यार्थीलाई आश्रममले नै व्यवस्था गरी अर्को स्कुलमा अध्ययन गराइरहेको छ, आश्रमममा रहेको बिद्यालयमा १५ जना शिक्षक-शिक्षिकाले अध्यापन गराउँदै आउनुभएकोमा बिद्यालय व्यवस्थापनसमेत पूर्णरुपमा आश्रमबाट नै हुँदै आएको छ ।
मंगलबार प्रणवानन्द आश्रमद्धारा संचालित बिद्यार्थीकालागि शैक्षिक सामाग्री वितरण गरिएको छ । गुहेश्वयरीमा अवस्थित आश्रमले नि:शुल्क रुपमा अध्ययन गराउँदै आएका नर्सरी देखि सात कक्षासम्मका दुई सय भन्दा बढी विद्यार्थीहरुलार्ई नि:शुल्क स्कुल ड्रेस, कापीकलम संगै अन्य सामाग्री वितरण गरेको होे । प्रणनावनन्द आश्रमका अध्यक्ष स्वामी रुद्रानन्द महाराज , संस्कृतिविद डा गोविन्द टन्डन , आश्रममका उपाध्यक्ष एवम् प्रधानाध्यापक राजाराम यादव , नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्य , नेपाल प्रेस युनियनका केन्दीय उप-महासचीव दीलिपाश्री अधिकारी, राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका अध्यक्ष राजानन्द माण्डव्य र संचारकर्मी दिपेन्द्रप्रकाश केसीले शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।
“पैंसा भय अनेत्र जाउ नभए हामी संग आउ” र “हुनेको जो पनि हुन्छ तर केही र कोही नहुनेको प्रणवानन्द आश्रम छ” भन्ने मुख्य उद्देश्यका साथ “हाम्रो मौलिकता धर्म र संस्कृति हाम्रो धरोहर” भन्दै दान तथा सहयोगबाट नै आश्रम संचालन भइरहेको आश्रममका उपाध्यक्ष एवम् प्रधानाध्यापक राजाराम यादव बताउनुहुन्छ ।
भगवान शिवले माघी पूर्णिमाका दिनमा माता शारदादेवी तथा पिता विष्णुचरणलाई सपनामा आई धरतीमा जन्म लिनेछु भन्ने भनाई अनुसार जन्म भएको र १९२४ सालमा परम पूज्यवाद स्वामी गोविन्दानन्द गिरीबाट दीक्षा ग्रहण पश्चात जगतगुरु श्रीमत् सवमी प्रणवानन्दजी महाराजजीको नामबाट विश्वविख्यात भएको पाइन्छ । उनै गुरुको नााममा २०५३ सालमा यसआश्रमको स्थापना गरी पूर्णरुपमा नि:शुल्क शिक्षा प्रदान गर्दै आएको छ ।
आत्मज्ञान, आत्मविश्वाश एवम् आत्मनिर्भर जनशक्ति उत्पादनको लागि नि:शुल्क जीवन उपयोगी शिक्षामा समर्पित आश्रममा विद्यार्थीलाई मन्त्र , श्लोक, ध्यान, योग, धार्मिक ज्ञानका साथै वैज्ञानिक शिक्षा समेत प्रदान गर्दै आइरेको छ ।

क्याटेगोरी : विविध, शिक्षा, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस