लुम्बिनी प्रदेशका पत्रकारलाई मिडियामा एआइको प्रयोग सम्बन्धी तालीम
भालुवाङ – डिजिटल मिडिया र कृत्रिम बुद्धिमत्ता (एआई) विषयमा लुम्बिनी प्रदेशका ३ जिल्लाका पत्रकारहरूलाई लक्षित गरी विशेष तालिम सुरु गरिएको छ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा तथा लुम्बिनी प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो।
तालिममा प्रमुख प्रशिक्षक जीवन भण्डारीले पत्रकारितामा एआईको प्रयोग सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक सिप, मोबाइल पत्रकारिता र सामाजिक सञ्जालको प्रभावकारी प्रयोगका बारेमा सिकाएका थिए भने अर्का प्रशिक्षक किरण कौशलले समाचार संकलन, सम्पादन, प्रस्तुति र प्रकाशनका डिजिटल प्रविधिबारे सहजीकरण गरेका थिए। दाङ, कपिलवस्तु र अर्घाखाँची जिल्लाबाट ५० भन्दा बढी पत्रकार सहभागी छन्।
तालिम अर्घाखाँचीको सितगंगा नगरपालिका–८,सातमारामा शुक्रबारदेखि सुरु भएको हो। कार्यक्रम नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष मीना ढकालको स्वागत मन्तव्य रहेको थियो, भने उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामप्रसाद आचार्यले तालिमको उद्देश्यबारे प्रकाश पारेका थिए। कार्यक्रम सञ्चालन महासचिव पाण्डव शर्माले गरेका थिए। तालिम लुम्बिनी प्रदेशका १२ बटा जिल्लाका पत्रकारलाई समेट्ने गरी ६ स्थानमा आयोजना गरिने अध्यक्ष शुक्रऋषि चौलागाईंले जानकारी दिए ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस