मन्थलीमा लागुओैषद प्रयाेग कर्ता बढेकाे आशंका ,शंकास्पद स्थानहरुमा निगरानी बढाइने
रामेछाप – पछिल्लो समय रामेछाप सदरमुकाम मन्थलीमा लागू ओैषध प्रयाेग कर्ता बढेकाे आशंका गरिएकाे छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेकाे लागू ओैषध नियन्त्रण सम्बन्धि सुरक्षा निकाय र सरोकारवाला निकायहरूकाे बैठकले प्रयाेगकर्ता बढेकाे आशंका गर्दै शंकास्पद स्थानहरुमा निगरानी बढाउने निर्णय गरेकाे छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पाैडेलकाे
अध्यक्षतामा बसेकाे उक्त बैठककमा सहभागीहरुले विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीहरु, बजारका व्यवसायीहरुका बालबालिका र केही युवाहरु लागूऔषध दुर्वेसनिमा संलग्न भएकाे भेटिने गरेकाे बताए ।
यसरी लागूऔषध प्रयाेगकर्ता भेटिने गरेकाे जानकारी आएकाे हुदा उक्त कार्यमा संलग्न व्यक्ति ,प्रयाेगकर्ता , विक्रि वितरण तथा ओसारपसारमा संलग्न , शंकास्पद स्थान तथा संभावित क्षेत्रहरुमा निगरानी बढाउने बैठकले निर्णय गरेकाे प्रजिअ पाैडेलले जानकारी दिए । त्यसैगरी दुर्वेसनि राेक्न विद्यालय , अभिभावक ,शिक्षक , सराेकारवाला र समाजका सबै पक्षहरुलाई सहयाेग गर्न अपिल गरेका छन् ।
त्यसैगरी दुर्वेसनि न्युनिकरण सचेतना कार्यक्रम गर्ने , दुर्वेसनिमा संलग्नहरु देखेमा थाहा पाएमा या शंका लागेमा सम्बन्धित निकायलाई जानकारी गराउन प्रजिअ पाैडेलले अनुराेध गरेकाे छन् ।
क्याटेगोरी : विविध, समाचार, समाज
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस