वन डढेलो नियन्त्रण गर्न वडा स्तरमा समिति गठन गरिने
रामेछाप – लिखुतामाकोशी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले वन डढेलो नियन्त्रण गर्न वडा स्तरमा समिति गठन गर्ने बताएका छन् । डढेलो नियन्त्रण सम्बन्धी सरोकारवालाहरूसँगकाे अभिमुखीकरण कार्यक्रममा अध्यक्ष महतले वडा स्तरमा समिति गठन गर्ने बताए ।
पालिका अध्यक्ष महतले सामुदायिक वनलाई व्यावसायिकीकरण गरेर आय आर्जसँग जोड्ने कोसिसमा गरिहरेकाे बताएबा छन् । त्यसैगरी पालिकाका हरेक विद्यालयका कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई वन डढेलो र यसका असर सम्बन्धी कक्षा सञ्चालन गर्ने तयारीमा रहेकाे अध्यक्ष महतले बताए ।
सामुदायिक वनका समितिहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू र विद्यालयका प्रधानाध्यापकहरू लगायत सबैको सामूहिक प्रयासबाट वनको व्यवसायीकरण र वनको संरक्षण हुने अध्यक्ष महतले बताए ।
कार्यक्रममा ५९ वटा सामुदायिक वन र १३ वटा कवुलियति वनका प्रतिनिधि, १० वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष प्रदीप कुमार तामाङ र सब डिभिजन वन धोबीका प्रमुख भुवन विकले सामुदायिक वनमा लाग्ने आगो नियन्त्रण, सामुदायिक वनलाई आयआर्जनमा कसरी जोड्ने, उत्पादन र रोजगार सिर्जनामा वनको भूमिका सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लिखुतामाकोशी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गोपाल राज तामाङले स्वागत मन्तब्य राखेका थिए । झट्टेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक रुकमणी खड्का , खिम्ती माध्यमिक विद्यालयका प्रधानाध्यापक छविलाल श्रेष्ठ, नवदर्शन माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र पौडेल, त्रिपुरेश्वर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मिङमार शेर्पा लगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रम झट्टेश्वर माध्यमिक विद्यालयको सभाहलमा भएको थियो ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस