स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञहरुकाे विभिन्न ८ वटा उपसमिति गठन गरेको छ । मन्त्रालयले बिहीबार राष्ट्रिय जनस्वास्थ्य समिति मातहतका ८वटा विभिन्न उप-समितिको गठन गरेको हो ।
मन्त्रालयले गठन गरेकाे जनसंख्या,श्रम आप्रवासन स्वास्थ्य उपसमितिकाे सदस्यमा समासेवी डा : दिन सैयद रहेका छन् । उक्त समितिकाे अध्यक्षमा डाक्टर रितु आमात्य रहेकी छिन् भने अस्मिन सिटौला सदस्य रहेका छन् ।
त्यस्तै मन्त्रालयले महामारी, स्वास्थ्य सुरक्षा तथा आपतकालिन व्यवस्थापन उपसमिति ,मानसिक स्वास्थ्य, लागु पदार्थ तथा पत्र उपसिमिति ,जलवायु अनुकुलन , वातावरण , खानेपानी तथा सरसफाई उपसमिति ,औषधी तथा प्रविधिजन्य स्वास्थ्य सामग्री व्यवस्थापन उपसमिति,
औषधीजन्य वनस्पति विकास तथा दीगो उपयोग समिति र सडक दुर्घटना न्यूनीकरण तथा पूर्व अस्पताल व्यवस्थापन उपसमिति गठन गरेकाे छ ।
जनस्वास्थ्य सेवा ऐन, २०७४ को दफा ३१ को उपदफा (२) मा समितिको काम, कर्तव्य र अधिकारमा समितिले आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्ने व्यवस्था गरिएको छ । सोही ऐनको दफा ५० को उपदफा (२) बमोजिम उपसमिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

क्याटेगोरी : विविध, समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस