• काेसिस न्यूज
  • स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद


    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञहरुकाे विभिन्न ८ वटा उपसमिति गठन गरेको छ । मन्त्रालयले बिहीबार राष्ट्रिय जनस्वास्थ्य समिति मातहतका ८वटा विभिन्न उप-समितिको गठन गरेको हो ।

    मन्त्रालयले गठन गरेकाे जनसंख्या,श्रम आप्रवासन स्वास्थ्य उपसमितिकाे सदस्यमा समासेवी डा : दिन सैयद रहेका छन् । उक्त समितिकाे अध्यक्षमा डाक्टर रितु आमात्य रहेकी छिन् भने अस्मिन सिटौला सदस्य रहेका छन् ।

    त्यस्तै मन्त्रालयले महामारी, स्वास्थ्य सुरक्षा तथा आपतकालिन व्यवस्थापन उपसमिति ,मानसिक स्वास्थ्य, लागु पदार्थ तथा पत्र उपसिमिति ,जलवायु अनुकुलन , वातावरण , खानेपानी तथा सरसफाई उपसमिति ,औषधी तथा प्रविधिजन्य स्वास्थ्य सामग्री व्यवस्थापन उपसमिति,
    औषधीजन्य वनस्पति विकास तथा दीगो उपयोग समिति र सडक दुर्घटना न्यूनीकरण तथा पूर्व अस्पताल व्यवस्थापन उपसमिति गठन गरेकाे छ ।

    जनस्वास्थ्य सेवा ऐन, २०७४ को दफा ३१ को उपदफा (२) मा समितिको काम, कर्तव्य र अधिकारमा समितिले आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्ने व्यवस्था गरिएको छ । सोही ऐनको दफा ५० को उपदफा (२) बमोजिम उपसमिति गठन गरिएको मन्त्रालयले जनाएको छ । 


    क्याटेगोरी : विविध, समाचार, स्वास्थ्य

    प्रतिक्रिया दिनुहोस