अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
रामेछाप – नेपाली कांग्रेसकाे भातृ संस्था लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनमा रामेछापकाे कल्पना खड्काले आफ्नाे उमेदवारी घाेषणा गरेकी छिन ।पार्टीको केन्द्रीय कार्यालय सानेपामा भाेलीदेखी सुरु हुने महाधिवेशनमा अध्यक्षमा खड्का सहित ४ जनाले उमेदवारी घाेषणा गरेका छन् ।
संघको अध्यक्षमा रामेछापकी कल्पना खड्काको उम्मेदवारी पक्का भएको छ । रामेछाप जिल्लकी सशक्त एंव कृयाशील युबा नेता खड्काको आज बिहान अध्यक्षको उम्मेदवारी पक्का भएको हो । खड्कालाई कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले साथ दिने भएका छन् ।अपांग संघमा लामाे समयदेखि क्रियाशील रहेकी खड्का संघकाे एकमात्र महिला उमेदवार हुन ।
संघकाे अध्यक्षमा प्रकाश पन्त, माधव चौलागाईं र विकास थापा समेत आकांक्षी छन । अध्यक्षमा कल्पना खड्काको आवश्यकता रहेको बताउदै प्रतिनिधिहरुले काम गर्न सक्ने नेतृत्व संघलाई चाहिएको बताएका छन भने खड्काले पनि प्रतिनिधिले आफुलाई पुर्ण साथ दिने विस्वास रहेकाे बताएकी छिन ।
संघलाई चलायमान बनाउन खड्काको आवश्यकता छ संघ स्रोतले भन्यो । नेपाली काङ्ग्रेस पार्टीमा लामो समयदेखि संघर्ष गरेकी खड्का पद्मकन्या क्याम्पसको स्वबियु सदस्य, रामेछाप जिल्ला कार्यसमिति सदस्य, अपाङ्ग संघको केन्द्रिय कोषाध्यक्ष, नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य र महाधिवेशन प्रतिनिधि समेत भईसकेकी नेता हुन ।
लोकतान्त्रिक गणतन्त्र ल्याउन भएको २०६२/०६३ को जनआन्दोलनमा घाइते भएकी खड्कालाई पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले लिखु तामाकोशी गाउँपालिकाको उपाध्यक्षको टिकट समेत दिएको थियो । उनी हाल नेपाली काङ्ग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य छिन ।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस