रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु

रामेछाप – रामेछापमा नेपाल डेरी एसोसिएसन
जिल्ला समितिको गठन भएकाे छ । आइतबार गठन भएकाे एसाेसिएसनकाे अध्यक्षमा भानुभक्त श्रेष्ठ चयन भएका छन् ।
रामेछाप जिल्लाका दुग्ध उद्यमीहरूको भेलाले चिरञ्जीवी डेरी उद्योग मन्थलीका सञ्चालक श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो भने उपाध्यक्षमा समृद्धि डेरी उद्योगका मनोहर कुमार कार्की , सचिवमा रामेछाप डेरीका किशोर पौडेल र कोषाध्यक्षमा गाेठपानि देवी उद्योगका केशरबहादुर खत्री चयन भएका छन् भने सदस्यमा बलराम मगर चयन गरिएकाे छ ।
डेरी उद्योगीहरुकाे भेलामा बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेल, नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिवप्रसाद धमला, राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य रामभक्त दाहाल, नेपाल डेरी बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरे लगायतकाे उपस्थिति थियाे ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस