जनयुद्द_दिवस

रामहरि केसी
शान्तिको सास फेरी बाँच्नेहरुलाई राहु भो जनयुद्ध
सोझा साझा गाँउलेहरुलाई साहु भो जनयुद्ध
सिउँदो पुछिने, कांख रित्तिने, टुहुरो बन्नु परेकालाई
कहिल्यै निको नहुने मुटुको घाउ भो जनयुद्ध।।
लेखनीको निम काट्ने, दह्रा बलिया देखे डांट्ने
सार्बहाराको भाषण छाट्ने, मनमा ऐयासिको डोरि बाट्ने
१७ औं हजार परिवारलाई मुटुमा आगोको राप भो जनयुद्ध
सिमित नेतालाई सत्ता र भत्ता सर्वत्र फलिफाप भो जनयुद्ध ।
सुतेका घरमुलिदेखि किरियापुत्री सम्म निकालि काट्ने
विवाह—ब्रतबन्धहरुमा नौमति बजाउनेलाई डांट्ने
आफ्नो संस्कृतिलाई फ्याक्ने, विदेशि विक्रितिलाई आँक्ने
कयौं स्वार्थीहरुलाई कमाउको राम्रो नाउं भो जनयुद्ध
सोझा साझालाईत माखा, बाठाको लागि बाउ भो जनयुद्ध।।
विधुवा, टुहुरा, घाईते, अपांगहरुलाई अभिसाप भो जनयुद्ध
सत्ता र भत्ता खाई ऐयासिमा वस्नेहरुलाई पो फलिफाप भो जनयुद्ध ।।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ रसुवास्थित भोटेकोशीमा पुन: बाढी
- २ अचम्मित पार्ने घटना, एकै परिवारकाे १६ सदस्य बेपत्ता
- ३ गैर आवासीय नेपाली संघ मलेसियाकाे अध्यक्षमा महताे
- ४ अशक्त नागरिककाे घरमा आफै नागरिकता लिएर पुग्छन्, रामेछापका प्रजिअ थापा
- ५ काङ्ग्रेसद्वारा पहिराे पिडित किसानलाई हलगाेरु सहयोग
- ६ ४७ औँ पुष्पलाल स्मृतिमा रामेछापमा विविध कार्यक्रम
- ७ पालिका स्तरबाटै परिचयपत्र वितरण गर्दै, जिल्ला प्रशासन रामेछाप
- ८ जिल्ला प्रशासन रामेछापद्वारा ३४ लाख ९५ हजार राहत वितरण
प्रतिक्रिया दिनुहोस