जनयुद्द_दिवस
रामहरि केसी
शान्तिको सास फेरी बाँच्नेहरुलाई राहु भो जनयुद्ध
सोझा साझा गाँउलेहरुलाई साहु भो जनयुद्ध
सिउँदो पुछिने, कांख रित्तिने, टुहुरो बन्नु परेकालाई
कहिल्यै निको नहुने मुटुको घाउ भो जनयुद्ध।।
लेखनीको निम काट्ने, दह्रा बलिया देखे डांट्ने
सार्बहाराको भाषण छाट्ने, मनमा ऐयासिको डोरि बाट्ने
१७ औं हजार परिवारलाई मुटुमा आगोको राप भो जनयुद्ध
सिमित नेतालाई सत्ता र भत्ता सर्वत्र फलिफाप भो जनयुद्ध ।
सुतेका घरमुलिदेखि किरियापुत्री सम्म निकालि काट्ने
विवाह—ब्रतबन्धहरुमा नौमति बजाउनेलाई डांट्ने
आफ्नो संस्कृतिलाई फ्याक्ने, विदेशि विक्रितिलाई आँक्ने
कयौं स्वार्थीहरुलाई कमाउको राम्रो नाउं भो जनयुद्ध
सोझा साझालाईत माखा, बाठाको लागि बाउ भो जनयुद्ध।।
विधुवा, टुहुरा, घाईते, अपांगहरुलाई अभिसाप भो जनयुद्ध
सत्ता र भत्ता खाई ऐयासिमा वस्नेहरुलाई पो फलिफाप भो जनयुद्ध ।।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- २ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ३ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ४ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ५ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ६ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ७ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ८ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा













प्रतिक्रिया दिनुहोस