राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मन्थली प्रथम
रामेछाप – जिल्ला स्तरीय १२ ओै जिल्ला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मन्थली नगरपालिका प्रथम भएकाे छ ।प्रतियोगितामा मन्थली २२ स्वर्ण २३ रजत र ३२ कास्यपदक सहित प्रथम भएकाे हाे ।
मन्थलीमा ३ दिन देखि चलिरहेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डकाे आज अन्तिम खेल भएकाे थियाे । विभिन्न विधाका खेलहरुमा भएको प्रतियोगितामा २१ स्वर्ण, १२ रजत र ११ कांस्य गरी ४४ पदकसहित उमाकुण्ड गाउँपालिका दोस्रो हुन सफल भएकाे छ । त्यस्तै प्रतियोगितामा ८ स्वर्ण ६ रजत र १२ कांस्यपदक हात पार्दै लिखुतामाकोशी गाउँपालिका तेस्रो भएको छ ।
त्यसैगरी ६ स्वर्ण, ९ रजत र १८ कांस्यपदक सहित दोरम्बा शैलुङ गाउँपालिकाले सान्त्वना स्थान हासिल गर्न सफल भएकाे जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष सिताराम कार्कीले जनाएका छन् ।
प्रतियोगितामा रामेछाप नगरपालिकाले भने ५ स्वर्ण, ९ रजत र १८ कांस्यपदक हात पारेकाे छ ।
प्रतियोगितामा पहिलो हुनेले मन्थली नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुने १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा विभिन्न ६६ वटा स्वर्ण सहित रजत र कांस्य पदकका लागि भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उस्सु र कराँते खेलहरू भएका थिए ।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस