राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मन्थली प्रथम

रामेछाप – जिल्ला स्तरीय १२ ओै जिल्ला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मन्थली नगरपालिका प्रथम भएकाे छ ।प्रतियोगितामा मन्थली २२ स्वर्ण २३ रजत र ३२ कास्यपदक सहित प्रथम भएकाे हाे ।
मन्थलीमा ३ दिन देखि चलिरहेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डकाे आज अन्तिम खेल भएकाे थियाे । विभिन्न विधाका खेलहरुमा भएको प्रतियोगितामा २१ स्वर्ण, १२ रजत र ११ कांस्य गरी ४४ पदकसहित उमाकुण्ड गाउँपालिका दोस्रो हुन सफल भएकाे छ । त्यस्तै प्रतियोगितामा ८ स्वर्ण ६ रजत र १२ कांस्यपदक हात पार्दै लिखुतामाकोशी गाउँपालिका तेस्रो भएको छ ।
त्यसैगरी ६ स्वर्ण, ९ रजत र १८ कांस्यपदक सहित दोरम्बा शैलुङ गाउँपालिकाले सान्त्वना स्थान हासिल गर्न सफल भएकाे जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष सिताराम कार्कीले जनाएका छन् ।
प्रतियोगितामा रामेछाप नगरपालिकाले भने ५ स्वर्ण, ९ रजत र १८ कांस्यपदक हात पारेकाे छ ।
प्रतियोगितामा पहिलो हुनेले मन्थली नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुने १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा विभिन्न ६६ वटा स्वर्ण सहित रजत र कांस्य पदकका लागि भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उस्सु र कराँते खेलहरू भएका थिए ।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस