सरकार बादर र बँदेल नियन्त्रणमा लागेकाे छ : राज्यमन्त्री तामाङ

रामेछाप – नेपाल सरकारकाे उर्जा जलस्रोत तथा सिचाइ राज्यमजन्त्री पुर्ण बहादुर तामाङ कान्छारामले सरकार बादर र बँदेल नियन्त्रणमा लागेकाे बताएका छन् । रामेछाप कृषि, पर्यटन तथा ओैधाेगिक मेला समापन कार्यक्रमा बाेल्दै उनले यस्ताे बताएका हुन ।
रामेछापको सदरमुकाम मन्थलीमा संचालन भइरहेको मेलाकाे शनिबार समापन समारोहमा राज्य मन्त्री तामाङले कृषि उत्पादनलाई वृद्धि गर्नुपर्ने बताउदै उनले विभिन्न ठाउँमा बादर र बदेलले किसानकाे उत्पादन नष्ट गर्ने , क्षेति पुर्याउने र किसानलाई दुःख दिने गरेकाे उल्लेख गर्दै सरकार त्यसतर्फ सचेत रहेकाे र त्यसका लागि बादर र बँदेल नियन्त्रणमा लागिपरेका बताए ।
त्यसैगरि उनले आगामी बर्षहरुकाे महाेत्सबमा खुला चाैरमा त्रिपाल टागेर बस्न नपर्ने गरि ठुलाे क्षमताकाे अत्याधुनिक हल निर्माण गर्ने बताए । उनले रामेछाप जिल्लामा कार्यक्रम गर्ने हलकाे आवस्यकता भएकाे उल्लेख गर्दै आफ्नाे कार्यकाल भरिमा जिल्लामा एउटा अत्याधुनिक हल निर्माण गर्ने याेजना रहेकाे बताए ।
त्यस्तै जिल्लाका विभिन्न सुनापति, रामेछाप र मन्थलीमा खानेपानीकाे लागि बजेट व्यवस्था मिलाएकाे उल्लेख गर्दै मन्थलीमा २४ सै घण्टा धारामा पानी आउनेगरि खानेपानीकाे व्यवस्था मिलाउने बताए ।
१० दिनदेखि संचालनमा रहेकाे महाेत्सबकाे समापन समारोहमा उत्कृष्ट स्थानिय कलाकार ,प्रदर्शनीमा आएका उत्कृष्ट उत्पादक, कृषक तथा व्यवसायी ,कार्यक्रमका सहयोगी संघसंस्थालाई पुरस्कार तथा कदरपत्र प्रदान गरिएकाे छ भने कार्यक्रमका आयाेजकले कार्यक्रमका अतिथिहरुलाई काेसेली स्वरुप जुनार प्रदान गरेका थिए ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- २ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ३ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ४ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ५ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ६ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ७ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ८ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
प्रतिक्रिया दिनुहोस