प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्दै

काठमाडौं – आगामी फागुनकाे पहिलो साता नेपाल प्रेस युनियनले प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
युनियनकाे केन्द्रीय सचिवालय समितिको बैठकले आगामी फागुन ५ गते प्रदेश अध्यक्षहरूकाे राष्ट्रिय सम्मेलन र जिल्ला अध्यक्षहरुकाे ६ र ७ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेकाे युनियनका महासचिव दिलीप पौडेले जानकारी दिएका छन् ।
युनियनका अध्यक्ष शिव लम्सालकाे अध्यक्षतामा बसेकाे सचिवालयकाे बैठकले प्रदेश अध्यक्षहरुको सम्मेलनको व्यवस्थापकीय तयारीका लागि केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिको सदस्यहरुमा युनियनका उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल र केन्द्रीय सदस्य पेशाल आचार्य रहेका छन् ।
त्यसैगरी जिल्ला अध्यक्षहरूको सम्मेलनको व्यवस्थापकीय तयारीका लागि केन्द्रीय उपाध्यक्ष नकुल अर्यालको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ। समितिको सदस्यहरुमा उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल, काठमाडौँका जिल्ला अध्यक्ष महेश गौतम, ललितपुरका जिल्ला अध्यक्ष केदारनाथ दाहाल र भक्तपुरका जिल्ला अध्यक्ष रोशन शिल्पकार रहेका छन् ।
उक्त सम्मेलनमा युनियनले गरिरहेका गतिविधि, प्रेस स्वतन्त्रता,श्रमजीवी पत्रकार ऐन कार्यन्वयनकाे अवस्था, पेशागत सुरक्षा, युनियनको विधान संशोधन तथा आगामी याेजनाहरुका विषयमा वृहत् छलफल गरिने युनियनका महासचिव दिलिप पाैडेलले बताए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस