निर्माण व्यवसायीकाे १४ बुदे माग सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र
रामेछाप – रामेछाप जिल्ला निर्माण व्यवसायी संघले १४ बुदे विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । संघले आइतबार विभिन्न माग राखेर जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हाे ।
संघले जिल्लाका निर्माण व्यवसायीहरुकाे विभिन्न मागहरुलाई सम्बाेधन गर्नुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख प्रशासकीय अधिकृत चूडामणि अर्याललाई ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापनपत्र मार्फत निर्माण सामग्रीहरुकाे मूल्यवृद्धि एंव कालाेबजारी नियन्त्रण गर्न, निर्माण सम्पन्न भएका याेजनाहरुकाे बाकी रहेकाे रकम भुक्तानी गर्न,लाे बिडिङ् निरुत्साहित गर्नुपर्ने ,सरकारसँग भएका सहमति कार्यनयन गर्नुपर्ने , निर्माण सम्बन्धि उच्चस्तरीय आयाेग गठन लगाएतका माग सहित १४ बुदे माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे संघका वरिष्ठ उपाध्यक्ष कृष्ण थापामगरले जानकारी दिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस