जिल्ला अस्पताल रामेछापमा एकै दिन १ सय ४५ ले लिए विशेषज्ञ सेवा
रामेछाप – जिल्ला अस्पताल रामेछाप रामेछापमा आइतबार संचालन भएकाे विशेषज्ञ चिकित्सककाे सेवा १ सय ४५ जनाले लिएका छन । अस्पतालले मुटु रोग ,स्त्री राेग र नाक कान तथा घाँटी रोगका विशेषज्ञ चिकित्सकद्वारा परिक्षण सेवा संचालन गरेकाे हाे ।
साे क्रममा मुटु रोगका ६० जना,स्त्री रोगका ३५ जना र नाक कान तथा घाँटी रोगका ५० जना बिरामीले सेवा लिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले जानकारी दिए ।
अस्पतालले महिनाको १ दिन विशेषज्ञ चिकित्सककाे सेवा उपलब्ध गराउदै आएकाे छ । जिल्लामा भएका बिरामीहरुले उपचारका लागि अन्यत्र ठाउँ धाउन नपराेस भन्ने उदेश्यले केही समय देखि अस्पतालले विशेषज्ञ चिकित्सकद्वारा
स्वस्थ्य परिक्षणकाे व्यवस्था मिलाउदै आएकाे डाक्टर श्रेष्ठले बताए ।
विशेषज्ञ सेवाका लागि विर अस्पतालमा कार्यरत मुटु रोग विशेषज्ञ डा.कुन्जन शेर्पा ,नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत स्त्री रोग विशेषज्ञ डा.रश्मी बास्ताकोटी र नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत नाक कान तथा घाँटी रोग विशेषज्ञ डा. सुमेध मिश्र आएका थिए ।
त्यसैगरी यहि पौष २४ गते बुधबार पेट ,आन्द्रा तथा कलेजो रोग विशेषज्ञ र मानसिक तथा नशा रोग विशेषज्ञद्वारा सेवा प्रदान गरिएको थियाे ।
क्याटेगोरी : विविध, समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस