रवि लामीछानेलाइ बयानको लागी रुपन्देही लगीयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले रुपन्देही लगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई आज बिहान पोखराबाट हवाईजहाजमार्फत प्रहरीले भैरहवा हुँदै बुटवल लगेको हो ।
लामिछाने सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा थीए । उनलाई रुपन्देहीको सुप्रिम सहकारीको रकम पनि अपचलन गरेको आरोप लागेको छ । रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले सकेसम्म आजै लामिछानेको बयान सक्ने तयारी रहेको र बढीमा तीन दिनमात्र रुपन्देहीमा राख्ने योजना रहेको बताए । अहिले सरकारी वकिलको कार्यालयमा बयान चलिरहेको छ
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानूनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको संसदीय छानविन समितिले उल्लेख गरेको थियो । लामिछानेलाई यही कात्तिकको २ गते काठमाण्डौबाट पक्राउ गरेर पोखरा लगीएको हो । प्रहरीले अदालतबाट चौथो पटक पनि म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ आजबाट एसइई परीक्षा सुरु
- २ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ३ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ४ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ५ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ६ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ७ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ८ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
प्रतिक्रिया दिनुहोस