प्रहरी दिवसमा विविध कार्यक्रम

रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापले ६९ औँ प्रहरी दिवस विविध कार्यक्रमकाे आयाेजन गरेर मनाएको छ । बुधवार जिल्ला प्रहरी कार्यालय रामेछापमा दिवसका अवसरमा विविध कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।
दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेम बहादुर थापाको प्रमुख आतिथ्ययतामा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेम बहादुर थापाले नेपाल प्रहरीले सीमित स्राेत , साधन र जनशक्तिका बिच पनि प्रहरीले अनुकरणीय काम गरेको भन्दै शान्ति सुरक्षाका लागि निर्वाह गरेकाे भूमिकाको प्रशंसा गर्दै गरे ।
त्यसैगरी गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले प्रहरीका हरेक सदस्यले संवेदनशील र ईमान्दार भएर काम गर्नुपर्ने बताए ।
त्यस्तै दिवसको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरीलाई सम्मान गरेकाे थियाे । प्रहरी निरीक्षक विश्व नाथ यादव सहित आधा दर्जनभन्दा बढी कर्मचारीलाई सम्मानीत भएका छन् । त्यसैगरि दिवसका अवसरमा सञ्चालन गरिएको विभिन्न खेलमा उत्कृष्ट तथा विजयी हुने प्रहरी कर्मचारीहरूलाई पनि पुरस्कृत गरिएको थियो ।

यसैगरी प्रहरीले प्रवाह गर्ने सेवामा साथ तथा सहयाेग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई प्रशंसा पत्र प्रदान गरिएकाे थियाे । प्रशंसा पत्र प्राप्त गर्नेहरुमा नेपाल पत्रकार महाँसंघ,रामेछाप उद्योग वाणिज्य सङ्घ,मन्थली अस्पताल,सामुदायिक प्रहरी,भूत पूर्व प्रहरी सङ्गठन र शान्तिद्धिप युवाकल्व लगायतका संस्थाहरू रहेका छन् ।
कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले सेवा प्रवाहमा थप जिम्मेवार भएर भूमिका निर्वाह गर्न आग्रह गर्दै प्रहरीले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न र विपद्को समयमा खेलेको भूमिकाको प्रशंसा गरे ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस