रामेछाप जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सिफारिस
रामेछाप – रामेछाप जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेकाे छ ।जिल्ला प्रशासन कार्यालय रामेछापले सम्बन्धित निकायलाई संकटग्रस्त क्षेत्र घाेषणाकाे लागि आज सिफारिस गरेकाे हाे ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा आज बसेकाे बैठकले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय गरेको हो ।
केहीदिन अघि परेकाे अविरल वर्षाले क्षेति पुर्याएका जिल्लाहरुलाई संघीय सरकारले संकटग्रस्त जिल्लाहरुकाे सुचि सार्वजनिक गर्दा रामेछाप जिल्ला नपरेपछि शुक्रबार जिल्ला प्रशासनले जिल्लालाई संकटग्रस्त जिल्लाकाे सुचिमा राख्न सम्बन्धित निकायलाई सिफारिस गरेकाे छ ।
केहीदिन अघिकाे परेकाे अविरल वर्षाकाे कारण जिल्लाकाे विभिन्न क्षेत्रमा क्षेति पुगकाे थियाे । उक्त वर्षाका कारण जिल्लामा पुगेकाे क्षेतिकाे विवरण सहित जिल्लालाई संकटग्रस्त जिल्लाकाे सुचिमा राख्न सम्बन्धित निकायमा सिफारिस गिएकाे रामेछापका प्रमख जिल्ला अधिकारी राजु पाैडेलले जानकारी दिए ।
उक्त बैठकले मन्थली नगरपालिकाको सबै खाँडादेवी गाउँपालिकाको १,३ र ४ उमाकुण्ड गाउँपालिकाको ३ नम्बर वडा ,रामेछाप नगरपालिकाको २,३,४,५, ७ र ९ नम्बर वडा,सुनापति गाउँपालिकाको वडा नं १,२,४ र ५ लिखु तामाकोशी गाउँपालिका र गोकुलगंगा गाउँपालिका ५ र ६ नम्बर वडालाई संकटग्रस्त क्षेत्र उल्लेख गर्दै प्रदेश सरकार र सङ्घीय सरकारलाई सिफारिस गरेकाे छ ।
जिल्लाकाे क्षेति विवरण


क्याटेगोरी : विविध
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस