रामेछाप जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सिफारिस

रामेछाप – रामेछाप जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेकाे छ ।जिल्ला प्रशासन कार्यालय रामेछापले सम्बन्धित निकायलाई संकटग्रस्त क्षेत्र घाेषणाकाे लागि आज सिफारिस गरेकाे हाे ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा आज बसेकाे बैठकले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय गरेको हो ।
केहीदिन अघि परेकाे अविरल वर्षाले क्षेति पुर्याएका जिल्लाहरुलाई संघीय सरकारले संकटग्रस्त जिल्लाहरुकाे सुचि सार्वजनिक गर्दा रामेछाप जिल्ला नपरेपछि शुक्रबार जिल्ला प्रशासनले जिल्लालाई संकटग्रस्त जिल्लाकाे सुचिमा राख्न सम्बन्धित निकायलाई सिफारिस गरेकाे छ ।
केहीदिन अघिकाे परेकाे अविरल वर्षाकाे कारण जिल्लाकाे विभिन्न क्षेत्रमा क्षेति पुगकाे थियाे । उक्त वर्षाका कारण जिल्लामा पुगेकाे क्षेतिकाे विवरण सहित जिल्लालाई संकटग्रस्त जिल्लाकाे सुचिमा राख्न सम्बन्धित निकायमा सिफारिस गिएकाे रामेछापका प्रमख जिल्ला अधिकारी राजु पाैडेलले जानकारी दिए ।
उक्त बैठकले मन्थली नगरपालिकाको सबै खाँडादेवी गाउँपालिकाको १,३ र ४ उमाकुण्ड गाउँपालिकाको ३ नम्बर वडा ,रामेछाप नगरपालिकाको २,३,४,५, ७ र ९ नम्बर वडा,सुनापति गाउँपालिकाको वडा नं १,२,४ र ५ लिखु तामाकोशी गाउँपालिका र गोकुलगंगा गाउँपालिका ५ र ६ नम्बर वडालाई संकटग्रस्त क्षेत्र उल्लेख गर्दै प्रदेश सरकार र सङ्घीय सरकारलाई सिफारिस गरेकाे छ ।
जिल्लाकाे क्षेति विवरण


क्याटेगोरी : विविध
ताजा अपडेट
- १ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- २ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ३ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ४ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ५ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ६ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ७ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
- ८ महिला दिवसमा मन्थलीमा विविध कार्यक्रम
प्रतिक्रिया दिनुहोस