महासंघमा लगाएकाे ताला खाेल्याे युनियनले
रामेछाप – नेपाल प्रेस युनियन रामेछापले नेपाल पत्रकार महासंघ रामेछाप शाखामा लगाएकाे ताला खाेलेकाे छ । मंगलबार युनियनले महासंघमा लगाएकाे ताला खाेलेकाे हाे ।
नेपाल प्रेस युनियन रामेछापले महासंघकाे सदस्यताका साथै विभिन्न माग राखेर महासंघमा गत जेष्ठ १५ गते ताला लगाएकाे थियाे । युनियनले पत्रकार महासंघकाे सदस्यकाे विषयलाई लिएर पत्रकार महासंघकाे केन्द्रिय कार्यालय सहित देशभरकाे सबै शाखाहरुमा ताला लगाएकाे थियाे ।
युनियनले राखेकाे मागलाई महासंघले सम्बाेधन गर्ने सहमति भए पश्चात् युनियनले आफ्ना आन्दाेलनका कार्यक्रमहरु फिर्ता लिएकाे छ । महासंघलाई सहमति बमोजिम कार्य गर्न र निर्वाचनका गतिविधि संचालन गर्ने वातावरण वबनाउनका लागि महासंघमा लगाएकाे ताला युनियनले खाेलेकाे रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिइन् ।
त्यसैगरी पत्रकार महासंघकाे सदस्यताकै विषयलाई लिएर पत्रकार महासंघ रामेछापकाे कार्यालयमा प्रेस चाैतारी नेपालले पनि १ वर्ष अघिदेखी महासंघमा ताला लगाएकाे छ । उक्त ताला भने अझै खुलेकाे छैन

क्याटेगोरी : विविध
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस