महासंघमा लगाएकाे ताला खाेल्याे युनियनले

रामेछाप – नेपाल प्रेस युनियन रामेछापले नेपाल पत्रकार महासंघ रामेछाप शाखामा लगाएकाे ताला खाेलेकाे छ । मंगलबार युनियनले महासंघमा लगाएकाे ताला खाेलेकाे हाे ।
नेपाल प्रेस युनियन रामेछापले महासंघकाे सदस्यताका साथै विभिन्न माग राखेर महासंघमा गत जेष्ठ १५ गते ताला लगाएकाे थियाे । युनियनले पत्रकार महासंघकाे सदस्यकाे विषयलाई लिएर पत्रकार महासंघकाे केन्द्रिय कार्यालय सहित देशभरकाे सबै शाखाहरुमा ताला लगाएकाे थियाे ।
युनियनले राखेकाे मागलाई महासंघले सम्बाेधन गर्ने सहमति भए पश्चात् युनियनले आफ्ना आन्दाेलनका कार्यक्रमहरु फिर्ता लिएकाे छ । महासंघलाई सहमति बमोजिम कार्य गर्न र निर्वाचनका गतिविधि संचालन गर्ने वातावरण वबनाउनका लागि महासंघमा लगाएकाे ताला युनियनले खाेलेकाे रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिइन् ।
त्यसैगरी पत्रकार महासंघकाे सदस्यताकै विषयलाई लिएर पत्रकार महासंघ रामेछापकाे कार्यालयमा प्रेस चाैतारी नेपालले पनि १ वर्ष अघिदेखी महासंघमा ताला लगाएकाे छ । उक्त ताला भने अझै खुलेकाे छैन

क्याटेगोरी : विविध
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस