रामेछाप नगरकाे नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव संकलन

रामेछाप – रामेछाप नगरपालिकाले आगमी आर्थिक वर्षकाे लागि नीति तथा कार्यक्रम निर्माणका लागि जिल्लाका पत्रकारहरुसँग सुझाव लिएकाे छ । पालिकाले उत्कृष्ट नीति निर्माणका पृष्ठ पाेषणका लागि सुझाव लिएकाे हाे ।
कार्यक्रममा नगरप्रमुख लवश्री न्याैपानेले नगरकाे समग्र विकासका लागि पत्रकारसँग उपयुक्त सुझावलाई आगामी वर्षमा समावेश गर्ने बताए । नगरमा भएका प्रयास र आगामी याेजनाहरु प्रस्तुत गरेका थिए । साेही क्रममा मेयर न्याैपानेले नगरको आन्तरिक स्राेत कम भएकाले साेचेजति काम गर्न नसकेकाे बताए । त्यस्तै गरि उनले नगरमा आगामी वर्षमा टुक्रे याेजनाका काम नगर्ने बताए ।
कार्यक्रममा बाेल्दै नगरका प्रशाशकीय प्रमुख मित्र घिमिरेले पत्रकारहरुबाट प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।उनले सकारात्मक साेचका साथ सबैबाट आएकाे सुझावलाई समावेश गर्ने बताएबा हुन । पत्रकारकाे क्षमता विकास र सुचना वितरणमा एकद्वार प्रणालीबाट अपनाउन तयार भएकाे बताए ।
त्यस्तै नगर प्रवक्ता समीर कार्कीले सामाजिक संजालका कारण आनावस्यक रुपमा सवाल जवाफ गर्नु परेकाे भन्दै पत्रकारले यस्ताे विकृति चिर्न सक्नुपर्ने बताए । प्रवक्ता कार्कीले भने यसअघि पत्रकारबाट टिकाटिप्पणी मात्र आउँछ भन्ने बुझाइ थियाे तर यस्ता उत्कृष्ट सुझावहरु पनि आएपछि भने साे बुझाइ हटेकाे बताए । उनले पत्रकारले नराम्रो कुराकाे खण्डन गर्दा काम गर्नेलाई सजक हुन र सुधार गर्न सहयाेग पुग्ने बताए ।
आर्थिक वर्ष २०८१/ ८२ का लागि तय गरिने नीति तथा कार्यक्रम निर्माणमा पृष्ठपाेषणकाे लागि नगरले पत्रकारसँग मेयर कार्यक्रमकाे आयाेजना गरेकाे सुझाव संकलन गरेकाे कार्यालयका सुचना अधिकारी हाेम बहादुर थापाले बताए ।
नगरले यसअघि राजनिती दलसँग सुझाव लिएकाे र अब नागरिक अगुवा ,बुद्धिजीवी तथा सराेकारवालाहरुसँग पनि
सुझाव लिएर नीति तथा कार्यक्रम तर्जुमा गर्ने सुचना अधिकारी थापाले बताए ।
कार्यक्रममा नगरले तय गर्ने नीति तथा कार्यक्रममा पत्रकारहरुकाे सुझावलाई लिनका लागि कार्यक्रम आयाेजना गरिएकाेमा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले नगरप्रति आभार व्यक्त गरे । यसरी नीति तथा कार्यक्रम निर्माण पुर्व सबै पक्षसँग सुझाव लिने कार्य गर्ने जिल्लाकै एकमात्र पालिका रामेछाप नगरपालिका भएकाे उल्लेख गर्दै अध्यक्ष नयाँघरेले याे अभ्यास अन्य पालिकाहरुले पनि अनुसरण गर्न याेग्य भएकाे बताए ।
उक्त कार्यक्रममा सहभागी पत्रकारहरुले नगरकाे कृषि , शिक्षा, पर्यटन ,पशु , जनस्वास्थ्य तथा विकास निर्माण साथै संचार माध्यमकाे संरक्षण तथा अनुगमन प्रणालीमा परिमार्जन लगाएतका विषयमा सुझाव दिए ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस