आगाेलागिबाट साघुटारमा ६ घर जलेर नष्ट,आगाे नियन्त्रणमा ल्याउने प्रयास जारी
रामेछाप – रामेछाप नगरपालिका ३ साँघुटारमा आगाेलागसबाट ६ घर जलेर नष्ट भएकाे छ भने आगाे नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।
साघुटारकाे ठाडाे खोलामा नजिकै जङ्गलमा लागेको आगो गाउँमा पुगेपछि ६ वटा घर जलेर नष्ट भएको हाे । आगाेलागिबाट दिर्घमान श्रेष्ठको १ वटा ढुङ्गाको छाना २ वटा खरको छाना भएको घर, खड्ग बहादुर कुमालको १ वटा जस्ताको छाना,१ वटा ढुङ्गाको छाना भएको घर र १ वटा खरको छाना भएको मतान जलेको छ ।
स्थानीयहरुद्वारा आगाे नियन्त्रणमा ल्याउने प्रयास भइरहेकाे छ भने आगो निभाउने क्रममा दिर्घमान श्रेष्ठ घाईते भएका साेही वडाका वडा अध्यक्ष दलबहादुर प्रधानले जानकारी दिएका छन् ।
त्यसैगरी आगमेलागिमा परेर खड्ग बहादुर कुमालको ६० वटा ब्रोईलर कुखुरा जलेर नष्ट भएको छ । जलेका घरहरुमा भएका अन्नपात, लत्ताकपडा, नगद सबै नष्ट पडा अध्यक्ष प्रधानले जानकारी दिए ।
आगो नियन्त्रणका लागि प्रहरी चौकी साँघुटारबाट प्रहरी पुगेबा छन् । आगाेलागिबाट भएकाे र क्षतिको विवरण आउन बाँकी रहेको छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
















प्रतिक्रिया दिनुहोस