आगाेलागिबाट साघुटारमा ६ घर जलेर नष्ट,आगाे नियन्त्रणमा ल्याउने प्रयास जारी

रामेछाप – रामेछाप नगरपालिका ३ साँघुटारमा आगाेलागसबाट ६ घर जलेर नष्ट भएकाे छ भने आगाे नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।
साघुटारकाे ठाडाे खोलामा नजिकै जङ्गलमा लागेको आगो गाउँमा पुगेपछि ६ वटा घर जलेर नष्ट भएको हाे । आगाेलागिबाट दिर्घमान श्रेष्ठको १ वटा ढुङ्गाको छाना २ वटा खरको छाना भएको घर, खड्ग बहादुर कुमालको १ वटा जस्ताको छाना,१ वटा ढुङ्गाको छाना भएको घर र १ वटा खरको छाना भएको मतान जलेको छ ।
स्थानीयहरुद्वारा आगाे नियन्त्रणमा ल्याउने प्रयास भइरहेकाे छ भने आगो निभाउने क्रममा दिर्घमान श्रेष्ठ घाईते भएका साेही वडाका वडा अध्यक्ष दलबहादुर प्रधानले जानकारी दिएका छन् ।
त्यसैगरी आगमेलागिमा परेर खड्ग बहादुर कुमालको ६० वटा ब्रोईलर कुखुरा जलेर नष्ट भएको छ । जलेका घरहरुमा भएका अन्नपात, लत्ताकपडा, नगद सबै नष्ट पडा अध्यक्ष प्रधानले जानकारी दिए ।
आगो नियन्त्रणका लागि प्रहरी चौकी साँघुटारबाट प्रहरी पुगेबा छन् । आगाेलागिबाट भएकाे र क्षतिको विवरण आउन बाँकी रहेको छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- २ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ३ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ४ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ५ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ६ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ७ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
- ८ महिला दिवसमा मन्थलीमा विविध कार्यक्रम
प्रतिक्रिया दिनुहोस