सनराइज बैंककाे मेहेन्दी उत्सब कार्यक्रम

रामेछाप – सनराइज बैंक मन्थली शाखाले मेहेन्दी उत्सव कार्यक्रम गरेकाे छ । शाखाले बुधबार अायाेजना गरेकाे उत्सव कार्यक्रममा सय जना बन्दा बढी महिलाहरु सहभागी भएका थिए ।

सनराइज बैंक मुनाफामुखि मात्र नभइ सेवामुखी कार्यहरु पनि गर्ने भएकाे हुला यस्ता चाडवर्प र विशेष समयमा सामाजिक सेवाका कार्यहरु पनि गर्ने गरेकाे मन्थली शाखा प्रमुख रमेश सुवेदीले जानकारी दिएका छन् ।
कार्यक्रमकी प्रमुख अतिथि क्रियाशील पत्रकार महिला (WWJ) रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले मुनाफाका लागि खाेलीएका वित्तीय संस्थाले यसरी गरेकाे नारीकाे सम्मानार्थ मेहेन्दी उत्सव कार्यक्रमले बैंक र समुदायबीचकाे सम्बन्ध सुमधुर एंव मजबुत बनाउन बल पुग्ने बताइन । यस्ताे कार्यक्रमले सामाजिक सद्भाव वृद्धि हुने भएकाले कार्यक्रमलाई निरन्तरता दिन श्रेष्ठले सुझाव दिइन ।
बैंकका सेवाग्राही ,सर्वसाधारण तथा विभिन्न पेसा व्यवस्था गर्ने भन्दा बढी महिलाहरुले हातमा मेहेन्दी लगाएर कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजे सम्म बैंकको शाखा कार्यलय मन्थलीमा संचालन गरिएकाे थियाे ।
क्याटेगोरी : विविध, समाचार, समाज
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस