रामेछाप नगरपालिकाद्वारा ३० उत्कृष्ट कृषक सम्मानित

रामेछाप -रामेछाप नगरपालिकाले नगरका उत्कृष्ट ३० जना कृषकलाई सम्मान गरेकाे छ । साेमबार एक कार्यक्रमका बीच नगरले कृषकहरुलाई सम्मान गरेकाे छ ।

पालिका भित्र व्यवसायीक रुपमा कृषि पेशा गरेर अाय अार्जन गर्न सफल ३० जना कृषकलाई नगरले सम्मान गरेकाे छ । कृषि पेशामा अाम नागरिकको अाकर्षण बढाउन र कृषकलाई प्राेत्साहन गर्ने हेतुले कृषकलाई सम्मान गरिएकाे रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख लब विकले बताएका छने । नगरका ३० उत्कृष्ट किसानलाई २० हजार नगद सहित प्रमाणपत्रद्वारा सम्मान गरिएकाे शाखा प्रमुख विकले जानकारी दिएका छन् ।
कार्यक्रममा किसानलाई सम्मान गर्दै नगरपालिकाका प्रमुख लवश्री न्याैपानेले व्यवसायीक रुपमा कृषि पेशा गर्नेलाइ नगरकाे तर्फबाट अावस्यक साथ सहयाेग गर्ने बताएका छन् । कृषि विना कुनैपनि मानिसकाे जिविका चल्न नसक्ने बताउदै कृषिमा श्रम गर्नेकाे सबैले सम्मान गर्नुपर्ने बताए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस