रामेछाप नगरपालिकाद्वारा ३० उत्कृष्ट कृषक सम्मानित
रामेछाप -रामेछाप नगरपालिकाले नगरका उत्कृष्ट ३० जना कृषकलाई सम्मान गरेकाे छ । साेमबार एक कार्यक्रमका बीच नगरले कृषकहरुलाई सम्मान गरेकाे छ ।
पालिका भित्र व्यवसायीक रुपमा कृषि पेशा गरेर अाय अार्जन गर्न सफल ३० जना कृषकलाई नगरले सम्मान गरेकाे छ । कृषि पेशामा अाम नागरिकको अाकर्षण बढाउन र कृषकलाई प्राेत्साहन गर्ने हेतुले कृषकलाई सम्मान गरिएकाे रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख लब विकले बताएका छने । नगरका ३० उत्कृष्ट किसानलाई २० हजार नगद सहित प्रमाणपत्रद्वारा सम्मान गरिएकाे शाखा प्रमुख विकले जानकारी दिएका छन् ।
कार्यक्रममा किसानलाई सम्मान गर्दै नगरपालिकाका प्रमुख लवश्री न्याैपानेले व्यवसायीक रुपमा कृषि पेशा गर्नेलाइ नगरकाे तर्फबाट अावस्यक साथ सहयाेग गर्ने बताएका छन् । कृषि विना कुनैपनि मानिसकाे जिविका चल्न नसक्ने बताउदै कृषिमा श्रम गर्नेकाे सबैले सम्मान गर्नुपर्ने बताए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस