सुनापतिमा काँग्रेस उर्लियो
रामेछाप -शनिबार विहानै देखि सुनापति गाउँपालिकाका सडकहरु चारतारे झण्डा बोकेका जुझारु काँग्रेस कार्यकर्ताहरुले राताम्बे भए । जयनेपालको नारा घन्काउदै रुख चिन्ह अंकिता चुनाव चिन्हका झण्डा सगैं फह¥याएर अघी बढेका काँग्रेसका योद्धाहरुलाई पानीले थेकेन । दिनभरी भिजेर पनि सुनापतिको साँधिडाडाँमा काँग्रेस जिताउने गगनभेदी नारा उर्लिरह¥यो ।
सुरुमा जनमोर्चा र गणतन्त्र पछि एकिकृत माओवादीको शासनमा पिल्सीएका सुनापति गाउँपालिकाका नागरिकले यो पटक मुक्तिको आवाज वोले । ‘सुनापति के भन्छ दिपेन्द्रलाई ले भन्छ ’ भन्ने नारा उत्साहित भएर लगाउने युवाको जोश साँझ अवेर सम्म पनि उत्तिकै गर्बिलो थियो ।
सुनापति गाउँपालिकामा यो पटक नेपाली काँग्रेसले युवा जोशले भरिएका कमान खड्का ( दिपेन्द्र ) लाई उम्मेदवार वनाएको छ । खड्काको जित सुनिश्चित भएको शनिबारको भेलाले पनि प्रष्ट पारेको छ । पालिकाका पाँचै वडाबाट आएका काँग्रेसका कार्यकर्ता र मतदाताले शनिबार सुनापतिको मुख्यालय साँदिडाडाँ भरिदा प्रतिस्पर्धामा रहेका एकिकृत माओवादी र एमालेका नेता कार्यकर्ताहरु तिल्मीलाएका थिए ।
शनिबार नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री गगन कुमार थापा आउने खवर पाएपछि सुनापतिमा यसअघी कहिल्यै नदेखिएको उल्लास देखियो । नेता देखि कार्यकर्ता र मतदातामा गगन थापा आउने खवरले उर्जा थपेको थियो । मुसलधारे पानीमा पनि डेग नचलि वसेका कार्यकर्ताको भावना मर्न नदिन काँग्रेस महामन्त्रि गगनकुमार थापा साँझ पर्ने थालेको बेला हेलिकप्टरबाट सुनापति ओर्ले ।
पूर्वको भोजपुरमा आमसभा र रामेछापको सदरमुकाममा चुनावी ¥यालिमा सहभागि भएर हतारोमा सुनापति पुगेका महामन्त्री थापाले संक्षित तर दमदार भाषण गरे । उनले सुनापतिमा दिपेन्द्र लडेको नभै आफै चुनाव लडेको वताउदा उपस्थित कार्यकर्ताहरुले कर्ततध्वनीले तालि दिए । सुनापतिमा भएको भ्रष्टाचार र अत्याचारलाई सधैंका लागि रोक्न नेपाली काँग्रेसका उम्मेदवारलाई विजय गराउन आग्रह गर्दै थापाले काँग्रेस जिताएर पठाउनुस सुनापतिको समग्र वृहत्तर विकासको जिम्मा केन्द्रले लिने आश्वासन दिए ।
कार्यक्रममा नेपाली काँग्रेस रामेछापका सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) , पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, नेताहरु भरत प्रसाद चौलागाई, जितवहादुर मगर, विनीता खड्का, नारायणवहादुर खड्का, जितेन्द्र मोक्तान, सुरेन्द्र घिसिङ, ध्रव चौलागाई लगाएतका नेताहरुले नेपाली काँग्रेसले यो पटक सुनापतिमा विजयको सिंदुर लगाउने उद्घोष गरेका थिए । कार्यक्रममा हजारौं कार्यकर्ताको सहभागिता थियो ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस