काँग्रेसमा पुनः मतगणनाको माग
रामेछाप – नेपाली काँग्रेस रामेछापका केहि नेताले गएको जिल्ला अधिवेशनको मतगणनालाई प्रश्न उठाउदै पुन मतगणनाको माग गरी केन्द्रीय निर्वाचन समिति समक्ष माग गरेका छन् ।
घोषित परीणाममा पराजित तर विजय निकट मत प्राप्त गरेका जिल्ला उप सभापतिका उम्मेदवार बेदराज लामा , महाधिवेशन प्रतिनिधि झनकवहादुर श्रेष्ठ, डा. सुमन कर्माचार्य, गजेन्द्र खड्का, सुमित्रा मोक्तान र श्रृजना खड्काले पुनः मतगणनाको माग गरेका हुन ।
महाधिवेशन प्रतिनिधिको लागि व्यवस्था गरेको मतपेटिकामा जिल्ला समितिका पदाधिकारीको मत भेटिएको, जिल्ला कार्यसमितिका पदाधिकारीहरु र सदस्यको मतपेटिकामा महाधिवेशन प्रतिनिधिका ४९ मत भेटिएको र उक्त मत गणना नभएको हुदा पुनः मतदानको माग सहित उनिहरुले मंगलबार केन्द्रीय समितिमा निवेदन दिएका हुन ।
निवेदनमा उम्मेदवारहरुलाई मतगणनाको आचार संहिता बारे जानकारी नदिएको, मतगणना स्थलमा पस्न नदिएको, सिमित उम्मेदवारको दवावमा मत गनिएकोले जित्ने उम्मेदवार हार्ने र हार्ने ले जित्ने संभावना भएको हुदा“ उक्त मतपत्र केन्द्रीय समितिमा झिकाएर पुनः मतगणना गर्न माग गरेको निवेदक मध्येका झनकवहादुर श्रेष्ठले वताए ।
हिमाली जिल्ला रामेछापमा गएको असोज २६ गते जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भएको थियो । जिल्लामा निर्वाचन गराउनका लागि खटी आएका जिल्ला निर्वाचन अधिकृत विष्णु लुईटेलले मतपरिणाम घोषणा सहितको प्रतिवेदन र निजहरुको निवेदन समेत राखेर केन्द्रीय निर्वाचन समितिलाई वुझाईसकेको जानकारी समेत श्रेष्ठले दिएका छन् ।
निवेदकहरु विजय भएका उम्मेदवार बाट झिनो मतको अन्तरमा विजय भएका थिए । गणना नगरीएका ४९ मत गन्दा र आचारसंहिता लाई पूर्ण रुपमा पालना गराउदा महाधिवेशन प्रतिनिधिका केहि विजयी उम्मेदवारले हार्ने कुराको चर्चा काँग्रेस कार्यकर्ताहरु गर्दै आएका छन् ।

क्याटेगोरी : विविध
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस