• काेसिस न्यूज
  • चेलाको शिप तिर्खार्दै रामेछापेली किर्तिमानी पाईलट


    पोखरा । नेपालकै किर्तिमानी प्याराग्लाईडिङ पाईलट सानोबाबु सुनुवार यतिवेला प्रशिक्षार्थीहरुको शिप तिखार्दै छन् । प्याराग्लाईडिङ उडानका पाईलट वनाउन उनले स्याङ्जाको श्रीकोटमा प्रशिक्षण केन्द्रनै संचालनमा ल्याएका छन् । केहि बर्ष देखि प्रतिक्षक पाईलटको रुपमा काम गर्दै आएका सुनुवारले देश विदेशमा गरी हाल सम्म करिव ५ सय जनालाई प्याराग्लाईडिङको शिप सिकाईसके । जे जानेको छु त्यहि सिकाउदै छु पोखराको साराङ्कोटबाट उड्ने वेलामा सुनुवारले भने – अरु गरौं भने इलम जानको छैन् ।

                    सुनुवार उत्कृष्ट प्याराग्लाईडिङ प्रशिक्षक त हुन नै । साथै उनि नेपालकै किर्तिमानी साहसिक प्याराग्लाईडिङ पाईलट पनि हुन । सगरमाथाको चुचुरोमा पुग्नु कम्ता साहस चाहिदैन । त्यस माथिबाट प्याराग्लाईडिङ छाता उघारेर उडुनु झन ठुलो कुरा । सोलुकै हिमाल रारोहि साथि लाक्पाछिरी शेर्पाको साथमा सगरमाथा उक्केपछि ८ बर्ष अघी उनले तिनै शेर्पालाई तुङ्रुङ्ग झुण्ड्याएर संसारकै होचो भाग सम्म पुगेर विश्व किर्तिमान वनाएका थिए । संसारको अग्गो स्थानबाट संसारकै होचो भाग सम्म प्यारा उडाउने उनको साहशिक किर्तिमान अहिले सम्म अरुले तोड्न सकेका छैनन् ।

                    आठ बर्ष अघि सानोबाबुले संसारकै अग्लो चुचुरो सगरमाथा हिमालबाट टेन्डम उडाएका थिए । त्यो पनि हिमाल चढदाका साथि लाक्पाछिरी शेर्पालाइ लिएर । दुइ जना वस्न मिल्ने टेन्डम उडाएर उनले सगरमाथाको चुचुरेलाइ चराझै माथिबाट नियाले र हावामा कावा खेल्दै खुम्बु झरे । सुनुवारको यात्रा त्यतिमै रोकिएन । उनले जवसम्म संसारको होचो भाग आउदैन तव सम्म त्यो साहसिक यात्रा कायम राखे । गंगामा पुगेपछि जव उनको जिपीएसको मोनिटरमा सून्य लेवल आयो, उनि फर्के । ‘हाम्रो त्यो अभियान विश्वकिर्तिमान थियो ’ सुनुवार भन्छन् – त्यहि उडानलाइ आधार वनाएर नेशनल जोयोग्राफि च्यानलले सानोबाबु सुनुवार र लाक्पाछिरी शेर्पालाइ संसारका धेरै साहसी युवा मध्ये उत्कृष्ठ घोषणा गरी सम्मानित गरेको थियो ।

                    पूर्वि रामेछापको रामपुर गाविसको दुर्गम दाइजोरका सानोवावु सुनुवारले सगरमाथाबाट उडान गरेपछि अनौठो योजना बनाए । संसारका ७ वटै महादेशका अग्ला चुचुरोबाट प्याराग्लाईडिङ गर्ने । त्यसपछि उनि युरोप पुगे ।  कठिन मानिएको युरोप महादेशको माउण्ट इलवुसबाट ( ५६४२ मि.) अर्को यात्रीलाइ समेत लिएर उड्नु आफैमा खतरनाक थियो । तर उनले त्यसलाइ सहज माने । इसवुसमा उडनका लागि पुगेका अरु सवैले भन्दैथिए, ज्यान जान सक्छ नजाउ । अत्यन्त चिसो र छिनछिनमा मौसम बदलिइरहने इलवुसबाट टेण्डम लिएर उडन लोभिएका अरु सयौं पाइलटले आँट गरेनन् । तर सुनुवारले झोलाबाट सानो वुद्धको मुर्ति निकाले र नेपालको झण्डा समेत थपम्क चुचुरेमा राखेर उनी फुत्त उचालिए अनि सवैलाइ चकित पार्दै इलवुुसलाइ फनक्क घेरो हालेर ओरालीए ।

                    सुनुवारको त्यो साहस तेश्रो विश्वकिर्तिमान थियो । इसवुसबाट एकजना मात्र उड्न मिल्ने ग्लाइडर त अरुले पनि उडाएका थिए । तर सुनुवारको चाहना फरक थियो । उनले एकजना यात्रु पनि वोकेका थिए रसियाकै पातालिन सोफिया नामकी एक महिला वोकेर उडेका उनको कार्य त्यसैले त्यो किर्तिमान वन्यो ।

                                    सात बर्ष अघि उनले अर्को किर्तिमान कायम गरेका थिए । अफ्रिका महादेशको माउण्ट किलीमन्जारोबाट त्यस्तै साहसिक यात्रा उनले पुरा गरेका थिए । संसारका धेरै साहसिक खेलाडिहरुको विचमा रामेछापेली सुनुवारले यात्रा मात्र पुरा गरेनन्, त्यसमा पनि अव्वल वनेर देखिए ।

                    सुनुवारको एउटा चाहना र लक्ष्य छ । जस्तो सुकै परिस्थितिमा पनि नआत्तिने सुनुवार संसारका सवै महादेशका अग्ला चुचुरेमा पुगेर उनको टेण्डम फिँजाउन र उडन् चाहन्छन् । हिमाल चढ्नु आफैमा चुनौतिपूर्ण काम हुदै हो । त्यसमाथि अक्सिजन सिलीण्डर र गह्रौ टेण्डमको भारी उचालेर उनि चुचुरोमा पुग्छन् र सवैलाइ आरिस लाग्ने गरी हेर्दाहेर्दे चरोझै चुचुरो भन्दा माथि पुग्छन् । सायद सगरमाथाको चुचुरे भन्दा झण्डै ३५ मिटर माथि सम्मको आकाशमा संसारका कोहि पुगेका छन् भने उनै साहसी रामेछापेली सुनुवारनै पुगेका छन् । जहाजमा अरु कटे होलान त्यो फरक कुरा हो ।

                    संसारका सवै चुचुरोमा पुगेर त्याहाँबाट उड्ने चाहना पुरा हुन अव चारवटा महादेश बाँकी छन् । उनले भने – अव बाँकी सजिला छन् । कठिन यात्रा सकेका सुनुवार युरोपको इलवुसबाट झरेर रुसमा केहि दिन थकाइ मारेर फर्केका सुनुवारले फेरी उक्त अभियान थालेका छैनन् ।  स्याङ्जामा वसोवास र व्यवसायीक उडान गर्दै आएका सुनुवारको पोखराको वाबु एड्भेच्चर मार्फत प्याराग्लाइडिङ पेशा संचालन गर्दै आएका छन् ।

                    अध्ययनलाइ विचमै छोडेर पोखरामा भाँडा माझ्न पुगेका  दक्षिणी रामेछापको रामपुर गाविस दाइजोरका सानोबाबु सुनुवार एक पछि अर्को विश्वकिर्तिमान वनाइरहेका छन् । प्याराग्लाइडिङ उडाएर सवै महादेशका सवैभन्दा अग्लो स्थानबाट उनको धोको पुरा हुदैगर्दा विश्वकिर्तिमानहरु आफै वनीरहेका छन् । सानो कदको सुनुवारको नाम विश्वका चुलिमा चुलिदै गएको छ ।

                    सानोबाबुको यात्रा त्यहिनै ठुलो थियो जुनवेला उनि पोखरा पुगेका थिए । तर उनको यात्रा पोखराको फेवाताल र साराङकोट डाडांमा मात्र रहेन । भाँडा माज्दामाज्दै प्याराग्लाइडिङ गर्ने विदेशीको झोला वोकेर साराङकोट उक्लीदै ओर्लदै गर्न थाले । फेवातालमा ढुंगा खियाउन लागे । हुदाँ हुदै उनलाइ प्याराग्लाइडिङमा उडन मन लाग्यो । टेन्डममा कुनै पाइलटलाइ उडाइदिन आग्रह गरे र उडे पनि । त्यहि उडाइमा उनलाइ पाइलट वन्ने कुराले मनमा जरो गाड्यो र केहि बर्ष पछि पाइलट भइपनि छाडे । त्यो पनि उत्कृष्ठ पाइलट, जसले संसारका साहसी भन्ने पाइलटलाइ आरिष लाग्ने गरी एकपछि अर्को साहसिक उडानलाइ विश्वमा उचालिरहेका छन् ।


    क्याटेगोरी : विविध, समाचार

    प्रतिक्रिया दिनुहोस