गए राति १२ बजेदेखि मौन अवधि सुरु
काठमाडौँ — प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत फागुन २१ गते हुने मतदानका लागि उम्मेदवारले प्रचारप्रसार गर्न पाउने समय सोमबार राति १२ बजेबाट सकिएर माैन अवधि सुरु भएकाे निर्वाचन आयोग ले जनाएको छ ।
प्रतिनिधि सभा निर्वाचन, २०८२ को प्रयोजनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने आयोगले स्पष्ट पारेको छ । मौन अवधि मतदान हुने दिनभन्दा अघिल्लो ४८ घण्टादेखि लागू भई मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने व्यवस्था छ ।
आयोगका अनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न पाइँदैन । यस अवधिमा प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया,सभा–सम्मेलन,कार्यशाला,गोष्ठी आयोजना गर्न निषेध गरिएको छ ।
यस्तै, मतदान हुनुभन्दा ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री अनिवार्य रूपमा हटाउनुपर्ने आयोगले जनाएको छ । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्ने तथा निर्वाचन प्रचारप्रसार गर्ने कार्यसमेत निषेध गरिएको छ ।
आयोगले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया दिन नपाइने स्पष्ट पारेको छ । उल्लंघन गरे कानुनअनुसार कारबाही गरिने चेतावनी आयोगले दिएको छ ।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ गए राति १२ बजेदेखि मौन अवधि सुरु
- २ रामेछापमा गाडी दुर्घटना : दुईकाे मृत्यु ७ घाइते
- ३ कम्युनिष्ट पार्टीलाईलाई सघाउने हल्ला निराधार : उज्यालो नेपाल पार्टी
- ४ उमाकुण्डका प्रभावशाली नेता हिक्मत ,रामचन्द्रले टिकेट पाएसँगै फर्किए कांग्रेस
- ५ कांग्रेसकाे चुनावी अभियान प्रभावकारी बनाउन वडा स्तरमा समिति बिस्तार
- ६ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- ७ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ८ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त















प्रतिक्रिया दिनुहोस