कांग्रेसकाे चुनावी अभियान प्रभावकारी बनाउन वडा स्तरमा समिति बिस्तार
रामेछाप — नेपाली काँग्रेस रामेछापले जिल्लाका उम्मेदवार रामचन्द्र खड्काको चुनावी अभियानलाई थप सशक्त , व्यवस्थित र प्रभावकारी बनाउन जिल्लाका सबै वडामा ५१ सदस्यीय वडा–स्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ।
पार्टीको निर्णयअनुसार गठन भएके उक्त समितिले वडा तहसम्म संगठन सुदृढ गर्दै घरदैलो, कोणसभा, मतदाता भेटघाट, युवा तथा महिला परिचालन लगायतका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्नेछ।
काँग्रेस रामेछापका जिल्ला सचिव बिनेद कार्किका अनुसार अभियानलाई परिणाममुखी बनाउन प्रत्येक वडामा संयोजक सहित ५१ सदस्यीय समिति गठन भएके छ । समितिमा पार्टीका सक्रिय कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, युवा, महिला तथा अग्रज नेताहरुलाई समेटिएको छ।
उम्मेदवार रामचन्द्र खड्काले संगठनलाई वडा तहसम्म मजबुत बनाउँदै जनताको घर–आँगनमा पुगेर विकास, सुशासन र पारदर्शिताका एजेण्डा लिएर अघि बढ्ने बताए। “अबको चुनाव विचार र कार्यक्रमको प्रतिस्पर्धा हो, हामी जनताको भरोसा जित्ने गरी मैदानमा उत्रिएका छौँ,” उनले भने।
पार्टीले गठन गरिएका समितिहरूलाई तत्काल क्रियाशील भई मतदाता अभिमुखीकरण, चुनावी रणनीति कार्यान्वयनमा जुट्न निर्देशन दिएको छ। जिल्ला भरि अभियानलाई थप तिव्र बनाउने तयारीसँगै काँग्रेस रामेछापले चुनावी माहोल तताउन थालेको जनाएको छ।
क्याटेगोरी : राजनीति, विविध, समाचार
ताजा अपडेट
- १ विपद् उद्धारका लागि प्रहरीलाई एसएस फाउण्डेशनको सामग्री सहयोग
- २ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- ३ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ४ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ५ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ६ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ७ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ८ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ













प्रतिक्रिया दिनुहोस