काँग्रेस रामेछापद्वारा ‘रामचन्द्र खड्का जिताऔँ’ अभियान सुरु
रामेछाप – नेपाली काँग्रेस रामेछापले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘रामचन्द्र खड्का जिताऔँ’ अभियान सुरु गरेको छ।
शनिबार बिपी स्मृति भवन मन्थलीमा आयोजित वडादेखि महाधिवेशन प्रतिनिधिसम्म सहभागीतामा भएकाे विस्तारित बैठकबाट काँग्रेसले चुनावी अभियानलाई सशक्त रूपमा अघि बढाउने निर्णय गरेको हाे ।
कार्यवाहक सभापति नवराज थोकरको अध्यक्षता र निवर्तमान सभापति लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले पार्टी संगठन परिचालनलाई तीव्र बनाउने कार्ययोजना सार्वजनिक गरेको छ।
बैठकमा पार्टी सचिव दीपक खड्काले ६४ वटै वडाका कार्यकर्तालाई रामचन्द्र खड्काको पक्षमा केन्द्रित हुन निर्देशन दिँदै रुख चिन्हकाे उम्मेद्वारलाई जिताउनुको विकल्प नरहेको बताए। उनले जनताका समस्या सुन्ने, गुनासा संकलन गर्ने र रुख चिन्हमा मतमा मतदानका गर्न कार्यकर्तालाई तयार पार्न आग्रह गरे।
महाधिवेशन प्रतिनिधि एवं अग्रज नेता धुव्रहरी ढुङ्गेलले अन्य दलका उम्मेद्वारहरू गाउँ–गाउँमा सक्रिय देखिए पनि काँग्रेस योजनाबद्ध रूपमा अघि बढिरहेको दाबी गर्दै ‘घोडा दौडिएको र हात्ती लम्किएको मेल खाँदैन,अन्ततः हात्ती नै जित्छ’भन्ने उखान उदृत गर्दै भने उनले लोकतन्त्र, संविधानको रक्षा र युवा पुस्ताका अपेक्षा सम्बोधन गर्न सक्ने उम्मेद्वारका रूपमा खड्कालाई मतदातामाझ प्रस्तुत गर्नुपर्नेमा जोड दिए।
पार्टीका प्रमुख राजनीतिक सल्लाहकार कृष्णबहादुर महतले पार्टी अहिले एकढिक्का बनेको उल्लेख गर्दै आन्तरिक असन्तुष्टि समाधान गर्दै उम्मेद्वारलाई जिताउन पुलको भूमिका निर्वाह गर्न तयार रहेको बताए ।
कांग्रेस क्षेत्र नं १( क) का सभापति निरोज खड्काले पनि उम्मेद्वारको पक्षमा जुनसुकै जिम्मेवारी लिन तयार रहेको प्रतिबद्धता जनाए।
विस्तारित छलफलमा सहभागी नेताहरूले काँग्रेस ढिलो देखिए पनि निर्णायक र व्यवस्थित ढंगले अघि बढिरहेको दाबी गर्दै तल्लो तहका संगठनलाई पूर्ण रूपमा परिचालन गर्ने समय आएको बताए ।
पार्टी सचिव विनोद कार्कीका अनुसार वडादेखि जिल्लासम्म संगठन परिचालन, घरदैलो, मतदाता भेटघाट र प्रचार–प्रसारलाई प्रभावकारी बनाउने स्पष्ट कार्ययोजना बनाइएको छ।
बैठकले १७ वर्षदेखि पार्टी नेतृत्व सम्हाल्दै आएका अनुभवी नेता रामचन्द्र खड्कालाई उम्मेद्वार बनाउनु काँग्रेसका लागि गौरवको विषय भएको निष्कर्ष निकालेको छ। स्वच्छ छवि, संगठनमाथिको पकड र जनतासँगको निरन्तर सम्बन्ध नै जितको मुख्य आधार हुने नेताहरूको दाबी छ।
काँग्रेस रामेछापले अब गाउँ–गाउँमा चुनावी गतिविधि तीव्र बनाउने जनाएको छ । आइतबार उम्मेद्वार खड्काले रामेछाप नगरपालिकाबाट विशेष पूजा सहित घरदैलो तथा मतदाता भेटघाट अभियान सुरु गर्ने तयारी रहेको उनको निजी सचिवालयले जनाएको छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस उम्मेद्वारले फराकिलो मतान्तरले जित हासिल गरेको रामेछापमा यसपटक पनि पार्टीको जित निरन्तर हुने विश्वास काँग्रेस नेताहरूले व्यक्त गरेका छन्।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ पार्टीभित्रको एकता नै जितको आधार : रामचन्द्र खड्का
- २ कांग्रेस बागमती प्रदेशकाे निर्वाचन युवा परिचालन समिति गठन
- ३ रामेछापका रामचन्द्र मतदाता भेटघाटमा
- ४ रास्वपा जिल्ला उपसभापति नै कांग्रेसमा प्रवेश
- ५ रहेनन् बालेनको प्रचारमा हिँडेका पत्रकार दिनेश सिटौला
- ६ काँग्रेस रामेछापद्वारा ‘रामचन्द्र खड्का जिताऔँ’ अभियान सुरु
- ७ गगनलाई साथदिन सांसद उम्मेवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेसमा प्रवेश
- ८ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो















प्रतिक्रिया दिनुहोस