रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको धादिङ जिल्लाबाट उम्मेदवार रहेकी जर्मन नागरिक आसीका तामाङलाई जर्मन दूतावासले सोधपुछका लागि बोलाएको छ। स्रोतका अनुसार दूतावासले उनलाई हालै औपचारिक पत्रमार्फत सम्पर्क गर्दै स्पष्टिकरणका लागि उपस्थित हुन आग्रह गरेको हो।
धादिङ निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभा सदस्यका उमेद्वार आसीका तामाङ नेपाली मूलकी जर्मन नागरिक हुन्। उनी पछिल्लो समय धादिङबाट उम्मेदवारी दिएको विषयलाई लिएर चर्चामा रहेकी थिइन्। दोहोरो नागरिकता, राजनीतिक गतिविधिमा संलग्नता तथा कानुनी हैसियतका विषयमा जर्मन दूतावासले चासो देखाएको बताइएको छ।
दूतावास स्रोतका अनुसार जर्मन नागरिकले विदेशी मुलुकको राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दा जर्मन कानुनअनुसार केही कानुनी र नीतिगत प्रावधान लागू हुने भएकाले सोधपुछ आवश्यक ठानिएको हो। यद्यपि, दूतावासले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन।
यस घटनाले नेपाली राजनीतिमा दोहोरो नागरिकता भएका व्यक्तिहरूको उम्मेदवारी र कानुनी वैधतामाथि पुनः बहस सुरु गराएको छ। नेपालको संविधान र प्रचलित कानुनले दोहोरो नागरिकतालाई मान्यता नदिएकाले यस्तो विषय संवेदनशील मानिन्छ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस