रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
रामेछाप – नेपाली कांग्रेसको केन्द्रीय समितिको दोस्रो विशेष महाधिवेशनबाट रामेछापकी विनिता खड्का केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । यही पुस २७ र २८ गते सम्पन्न महाधिवेशनबाट गगन थापाको नेतृत्वमा गठन भएको कार्यसमितिमा खड्का केन्द्रीय सदस्य चयन भएकी हुन्।
रामेछाप जिल्लाबाट महासमिति सदस्य समेत रहेकी खड्का कांग्रेसको इतिहासमा जिल्लाकै पहिलो महिला केन्द्रीय सदस्य बनेकी छन्। यसअघि रामेछापबाट महाधिवेशन प्रतिनिधि भएर सहभागी भएका नेतामध्ये कोही पनि केन्द्रीय समितिमा सदस्य वा पदाधिकारी निर्वाचित भएका छैनन् ।
शुक्रबार विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले औपचारिक मान्यता दिएकाे छ ।
खड्का १४ ओैं महाधिवेशनमा खसआर्य महिलाकाे तर्फबाट उमेदवार बनेकी थिईन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस