• काेसिस न्यूज
  • रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता


    रामेछाप – नेपाली कांग्रेसको केन्द्रीय समितिको दोस्रो विशेष महाधिवेशनबाट रामेछापकी विनिता खड्का केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । यही पुस २७ र २८ गते सम्पन्न महाधिवेशनबाट गगन थापाको नेतृत्वमा गठन भएको कार्यसमितिमा खड्का केन्द्रीय सदस्य चयन भएकी हुन्।

    रामेछाप जिल्लाबाट महासमिति सदस्य समेत रहेकी खड्का कांग्रेसको इतिहासमा जिल्लाकै पहिलो महिला केन्द्रीय सदस्य बनेकी छन्। यसअघि रामेछापबाट महाधिवेशन प्रतिनिधि भएर सहभागी भएका नेतामध्ये कोही पनि केन्द्रीय समितिमा सदस्य वा पदाधिकारी निर्वाचित भएका छैनन् ।

    शुक्रबार विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले औपचारिक मान्यता दिएकाे छ ।

    खड्का १४ ओैं महाधिवेशनमा खसआर्य महिलाकाे तर्फबाट उमेदवार बनेकी थिईन् ।


    क्याटेगोरी : राजनीति, समाचार

    प्रतिक्रिया दिनुहोस