देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
नेपाली कांग्रेसकाे विशेष महाधिवेशनको पक्षमा विभिन्न जिल्लाहरुमा हस्ताक्षर गर्ने र फिर्ता गर्ने क्रम चलिरहेको छ ।
शुक्रबार साझस्म बागमती प्रदेशका जिल्लाहरुबाट ५० प्रतिशत भन्दा बढीले हस्ताक्षर गरेका छन् ।
संस्थापन पक्षबाट प्रतिनिधिहरूलाई हस्ताक्षर नगर्न दबाब सिर्जना गरेपनि बागमतीका १३ जिल्लामा प्रतिशतका आधारमा सबैभन्दा बढी हस्ताक्षर चितवनमा भएको छ भने सबैभन्दा कम दोलखाबाट भएको पाइएको छ ।
सबैभन्दा धेरै चितवन जिल्लाकाे ७५ प्रतिनिधिमा ६३ जना र दोलखामा २५ प्रतिनिधिमा ७ जनाले मात्र विशेष महाधिवेशनकाे पक्षमा हस्ताक्षर गरेका छन्। ।
त्यसैगरी धादिङमा ३८,रसुवामा २१, सिन्धुपाल्चोकमा २८, रामेछापमा १६, नुवाकोटमा २९, काभ्रेपलाञ्चोकमा ३१,
सिन्धुलीमा ३३ ललितपुरमा ३० र मकवानपुरबाट २५ जनाले विशेषको पक्षमा हस्ताक्षर गरेका छन् ।
त्यस्तै ३०० प्रतिनिधि रहेको काठमाडौँबाट १६१ जना विशेषको पक्षमा छन् भने भक्तपुरमा २६ जनाले हस्ताक्षर गरेकोमा पाँच जनाले फिर्ता लिएको जानकारी गराएका छन्
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- २ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ३ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ४ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ५ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ६ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ७ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ८ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन















प्रतिक्रिया दिनुहोस