• काेसिस न्यूज
  • देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि


    नेपाली कांग्रेसकाे विशेष महाधिवेशनको पक्षमा विभिन्न जिल्लाहरुमा हस्ताक्षर गर्ने र फिर्ता गर्ने क्रम चलिरहेको छ ।
    शुक्रबार साझस्म बागमती प्रदेशका जिल्लाहरुबाट ५० प्रतिशत भन्दा बढीले हस्ताक्षर गरेका छन् ।

    संस्थापन पक्षबाट प्रतिनिधिहरूलाई हस्ताक्षर नगर्न दबाब सिर्जना गरेपनि बागमतीका १३ जिल्लामा प्रतिशतका आधारमा सबैभन्दा बढी हस्ताक्षर चितवनमा भएको छ भने सबैभन्दा कम दोलखाबाट भएको पाइएको  छ ।

    सबैभन्दा धेरै चितवन जिल्लाकाे ७५ प्रतिनिधिमा ६३ जना र दोलखामा २५ प्रतिनिधिमा ७ जनाले मात्र विशेष महाधिवेशनकाे पक्षमा हस्ताक्षर गरेका छन्। ।

    त्यसैगरी धादिङमा ३८,रसुवामा २१, सिन्धुपाल्चोकमा २८, रामेछापमा १६, नुवाकोटमा २९, काभ्रेपलाञ्चोकमा ३१,
    सिन्धुलीमा ३३ ललितपुरमा ३० र मकवानपुरबाट २५  जनाले विशेषको पक्षमा हस्ताक्षर गरेका छन् ।

    त्यस्तै ३०० प्रतिनिधि रहेको काठमाडौँबाट १६१ जना विशेषको पक्षमा छन् भने भक्तपुरमा २६ जनाले हस्ताक्षर गरेकोमा पाँच जनाले फिर्ता लिएको जानकारी गराएका छन्


    क्याटेगोरी : राजनीति, समाचार

    प्रतिक्रिया दिनुहोस