• काेसिस न्यूज
  • वृद्धकाे हत्या गरेर फरार युवा २४ घण्टा नबित्दै पक्राउ


    रामेछापको – जिल्ला प्रहरी कार्यालय रामेछापले मन्थली नगरपालिका १४ साजेटोलकी ७२ वर्षीया वृद्धा भिमा लक्ष्मी खड्काको हत्या गरेर फरार भएका २६ वर्षीय दिलीप खड्कालाई ४८ घण्टामै पक्राउ गरेकाे छ ।

    वृद्धकाे हत्या गरेर फरार भएका खड्कालाई मंगलबार दिउँसो दोलखाको मेलुङ गाउँपालिका ७ बाट प्रहरीले पक्राउ गरेको हाे । उनलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय रामेछाप ल्याइएकाे रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिसपी भोला कुमार भट्टले जानकारी दिए ।

    सोमबार गएराति करिब साढे १० बजे दिलीपले भिमा लक्ष्मीको धारिलो हतियार प्रयोग गरि हत्या गरेका थिए । उनले रगतले लतपतिएको अवस्थामा गाउँमै ‘मैले हानेँ, सिद्ध्याएँ’ भन्दै हिँडेकाे देखेर स्थानीयले प्रहरीलाई खबर गरेकाे प्रहरीले जनाएकाे छ ।

    मृतकको शव पोस्टमार्टमका लागि मन्थली अस्पताल ल्याइएको छ ।घटनाको विषय पथप अनुसन्धान गरिरहेकाे
    प्रहरीले जानकारी दिएकाे छ ।


    क्याटेगोरी : अपराध, समाचार

    प्रतिक्रिया दिनुहोस