निःशुल्क आयुर्वेदिक उपचार शिविरमा सुनापतिका २ सयले जनाले दिए स्वास्थ्य सेवा
रामेछाप- सुनापति गाउँपालिकासँगको सहकार्यमा वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय,आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले शनिबार सुनापति गाउँपालिकाको केन्द्र हिलेदेविमा एक दिने निःशुल्क स्वास्थ्य उपचार शिविर आयोजना गरेको छ ।
गाउँपालिकाको अस्पतालमा भएको शिविरमा करिब २ सय जना बिरामीले स्वास्थ्य सेवा लिनुभएको छ । शिविर शुभारम्भ कार्यक्रम गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट चौलागाईँ,प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठ, वडाध्यक्ष कुलबहादुर थिङ लगायत जनप्रतिनिधि, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका निमित्त प्रमुख दीपक कार्की लगायतका सहभागिता थियो ।
शिविरमा आयुर्वेदिक चिकित्सक डा.अच्युत रिमालको टोलीले उपचार सेवा दिएको थियो । शिविरमा बिरामी जाँच, परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।
शिविरमा ग्यास्ट्रिक लगायतको पटेको पुरानो रोग, बाथ, हाड जोर्नीको दुखाई, पोल्ने, शरीर झमझमाउने, पुरानो खोकी लगाएका रोगका बिरामीहरू बढी आएका प्रमुख कार्कीले जानकारी दिनुभयो ।
शिविर शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तामाङले गाउँमा आएर सेवा प्रवाह गरेकोमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीलाई धन्यवाद दिनुभयो । यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नु पनि उहाँले सुझाव दिनुभयो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस