आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
आगामी फाल्गुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने बताएको छ।
बिहीबार आयाेगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन तथा दर्ता गर्न पाइने जानकारी दिएका छन् ।
निर्वाचनको मिति घोषणा भएपछि स्थगित भएको मतदाता नामावली संकलन कार्य आयोगको निर्णय अनुसार कात्तिक ३० गतेसम्म पुन: सञ्चालन गर्न लागेकाे विज्ञप्तिमा उल्लेख छ।
निर्वाचन आयाेगले मतदाता नामावली नाम दर्ता नभएकाे १६ वर्ष उमेर पूरा भएका नेपालीले मतदाता नामावलीमा नाम दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय तथा प्रदेश निर्वाचन कार्यालयमा बिहान ८ बजेदेखि ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालयहरुमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगको वेबसाइटमा प्रि-रजिस्ट्रेशन प्रणालीबाट आवेदन भरेर बायोमेट्रिक विवरणका लागि कार्यालय जानुपर्ने भनिएको छ।
सरकारले फागुन २१ गते निर्वाचनकाे मिति घोषणा गरेको छ । निर्वाचन घोषणापछि मतदाता नामावलीमा नाम दर्ता गर्ने काम रोकिने व्यवस्था छ । त्यसो भएपछि सरकारले अध्यादेश ल्याएर उक्त प्रावधान संशोधन भएसँगै आयोगले नाम दर्ता गर्न मिल्ने व्यवस्था गरेको हो।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस