गुप्तेश्वरमा युवती माथि खुकुरी प्रहार ,उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौ पठाइयो
रामेछाप- उमाकुण्ड गाँउपालिका ६ गुप्तेश्वरमा एक महिला माथि खुकुरी प्रहार भएकाे छ । बुधबार साँझ खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी महिलाकाे उपचारका लागि हेलिकप्टर मार्फत केएमसी अस्पताल काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यलय रामेछापका अनुसार गुप्तेश्वरका ३२ वर्षिय रबिन सुनुवारले साेही ठाउँकी २७ वर्षकी एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेकाे छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी सुनुवारलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
खुकुरी प्रहार पछि फरार रहेका रबिन सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएकाे रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भाेला भट्टले जानकारी दिए ।
क्याटेगोरी : अपराध, समाचार
ताजा अपडेट
- १ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- २ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ३ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ४ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ५ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ६ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ७ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ८ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल















प्रतिक्रिया दिनुहोस