गुप्तेश्वरमा युवती माथि खुकुरी प्रहार ,उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौ पठाइयो
रामेछाप- उमाकुण्ड गाँउपालिका ६ गुप्तेश्वरमा एक महिला माथि खुकुरी प्रहार भएकाे छ । बुधबार साँझ खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी महिलाकाे उपचारका लागि हेलिकप्टर मार्फत केएमसी अस्पताल काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यलय रामेछापका अनुसार गुप्तेश्वरका ३२ वर्षिय रबिन सुनुवारले साेही ठाउँकी २७ वर्षकी एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेकाे छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी सुनुवारलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
खुकुरी प्रहार पछि फरार रहेका रबिन सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएकाे रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भाेला भट्टले जानकारी दिए ।
क्याटेगोरी : अपराध, समाचार
ताजा अपडेट
- १ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- २ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ३ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ४ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ५ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ६ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ७ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ८ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा












प्रतिक्रिया दिनुहोस