नदी तटिय क्षेत्रमा बसाेवास गर्नेहरुलाई सावधानी अपाउन अनुराेध
रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकाेशी नदी तटिय क्षेत्र आसपास बसाेवास गर्नेहरुलाई विशेष सावधानी अपाउन अनुराेध गरेकाे छ । मंगलबार प्रशासन कार्यालयले सुचना चारी गर्दै सावधानी अपनाउन अनुराेध गरेकाे हाे ।
छिमेकी राष्ट्र चिनकाे तिब्बत क्षेत्रकाे न्यालममा वर्षा भइरहेकाे र आज राथि अझ बढी वर्षा हुन सक्ने भएकाले सुनकोसी नदी आसपास बाढी आउन सक्ने भएकाले उक्त नदीकाे तटिय क्षेत्रमा बसाेवास गर्ने नागरिकहरुलाई विशेष सावधानी अपनाउन अनुराेध गरिएकाे छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेकाे
सुचनामा रामेछाप जिल्लाकाे खाँडादेवी गाउँपालिका , सुनापति गाउँपालिका ,मन्थली नगरपालिका र रामेछाप नगरपालिकाकाे सुनकाेसी नदी किनाराकाे बस्तिहरुमा रहेका नागरिकलाई आवस्यक सतर्कता तथा सावधानी अपनाउन अनुराेध गरेकाे छ ।
त्यसैगरी वर्षादकाे समय भएकाले अन्य खाेला तथा नदी किनारमा रहेकाे बस्तिमा बसाेवास गर्नेहरूलाई पनि सतर्कता अपनाउन प्रशासनले आग्रह गरेकाे छ ।

क्याटेगोरी : विविध
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस